छुरा प्रहार गरी भागेका ५ जना पक्राउ « Khabarhub

छुरा प्रहार गरी भागेका ५ जना पक्राउ


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जानकारी दिएको छ । 

तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसरले जनाएको छ । घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौँबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई-१ स्थित एउटा घरमा लुकी छिपी बसेको अवस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डी-७ बेलटारका १८ वर्षीय  निश्चल राई,  सिन्धुली फिकल-३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय  मनोज कुँवर, रौतहट बौधीमाई-१ का  १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ  । 

उनीहरूको साथबाट युएस लेखिएको १०.५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप  गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ