विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी « Khabarhub

विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सेवालाई गुणस्तरीय बनाउन  भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।

 विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो । 

गाउँपालिका मातहतका विद्यालय र कार्यालयमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी, सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गरी पहिलो चरणमा २९ कार्यालयमा मेसिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

अर्को चरणमा  गाउँपालिकाभित्रका आधारभूत विद्यालयमासमेत यस्तो मेसिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताए । स्थानीयबाट दैनिक रूपमा संकलन भएको करलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिनादेखि सातै वडा कार्यालय र गाउँपालिकामा  विद्युतीय बिलिङप्रणाली जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ५९ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको