कारागारमा कैदीबन्दीको चाप बढेसँगै कैदी स्थानान्तरण « Khabarhub

कारागारमा कैदीबन्दीको चाप बढेसँगै कैदी स्थानान्तरण


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरूलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो । योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना रहेका छन् । उनीहरूसँग चारजना आश्रित बालबालिका छन् ।  उनीहरूलाई पुस १२ गते स्थानान्तरण गरिएको उनले बताए ।

 भीमफेदी कारागारमा महिलाका लागि नयाँ कैदीबन्दी गृह बनेसँगै उनीहरूलाई स्थानान्तरण गरिएको हो । यस अघि मकवानपुरमा महिला कैदीबन्दी गृह थिएन । जसका कारण त्यहाँबाट कारागार कार्यालय चितवन पठाउने गरिन्थ्यो । कारागार कार्यालय चितवनमा अहिले सात सय २८ पुरुष कैदीबन्दी छन् । दुई सय ५५ जनाको क्षमता रहेको यस पुरुष कैदीबन्दी गृहमा कैदीबन्दीको चाप उच्च रहेको छ । 

छिमेकी जिल्ला नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दीसमेत यहाँ आउने भएकाले चाप बढेको हो । पुरुष कैदीबन्दीको चाप बढेसँगै केही महिना अघि ५५ जनालाई स्थानान्तरण गरिएको थियो । चिसो बढेसँगै कारागारमा रहेका कैदीबन्दीमा रुघा खोकीको समस्या देखिएको भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ५८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५