हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय त्रसित « Khabarhub

हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय त्रसित


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धरान- धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् । बीसभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जंगलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेतीबालीमा नोक्सान पुर्‍याउँदै आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताए ।

‘साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएको फलफूल, केरालगायत अन्यबाली नोक्सान पुर्‍याउँदै आएका छन् ।’, भरौलका स्थानीयवासी नीरकुमार कार्कीले भने, ‘गाउँले साँझ परे पछि हात्ती धपाउन तयार हुनुपर्छ । जंगल नजिक घर हुनेहरू रातभरि निदाउन पाउँदैनन् ।’

पन्ध्र दिनअघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए।

बराहक्षेत्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बिचपानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नं वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पुर्‍याएको वडाध्यक्ष लामाले बताए। बाक्लो बस्ती छ १, २, ३ र ५ नं वडा जंगलसंग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपर्ने बाध्य भएको स्थानीय बताउँछन् । 

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आएपछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताए। दैनिक नाङ्लो ठटाएर हात्ती तर्साउने कामभन्दा अरु केही विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । क्षति भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताए । क्षतिको विवरण संकलन गरेर राहत उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।   

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ५५ बजे

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक