सन् २०२२ मा मध्य भूमध्यसागरमा ५ सय २५ आप्रवासीको मृत्यु « Khabarhub

सन् २०२२ मा मध्य भूमध्यसागरमा ५ सय २५ आप्रवासीको मृत्यु


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२२ मा भूमध्य सागरको बाटो हुँदै युरोप प्रवेश गर्न चाहने कूल २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको तथ्यांक सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले सार्वजनिक गरेको तथ्यांकमा लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु भएको उल्लेख छ । उक्त अवधिमा आठ ४८ जना बेपत्ता भएको आईओएमले जनाएको छ ।

आईओएमले गत साता एक हजार ८८ आप्रवासीलाई उद्धार गरी लिबियातर्फ फर्काइएको जनाएको छ ।

“सन् २०२२ को डिसेम्बर २५ देखि ३१ सम्मको अवधिमा एक हजार ८८ आप्रवासीलाई रोकेर लिबिया फर्काइएको छ,” आईओएमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उद्धार गरिएका आप्रवासीमा एक हजार दुई सय ४१ महिला र सात सय ७६ बालबालिका रहेका छन् ।

सन् २०११ मा लिबियाली नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताका कारण धेरै आप्रवासीहरू, अधिकांश अफ्रिकीहरूले भूमध्यसागर पार गरेर लिबियाबाट युरोपेली किनारातिर जाने गरेका छन् ।

उद्धार गरिएका आप्रवासीहरू लिबियाका ती केन्द्रहरू बन्द गर्न र आप्रवासीहरूलाई रिहा गर्न बारम्बार अन्तर्राष्ट्रिय आह्वान गरिए तापनि प्रायजसो लिबियाभरि भीडभाड हुने स्वागत केन्द्र (अस्थायी शिविर) मा पुग्छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ३५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर