नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटिको बैठक । फाइल तस्बिर

ब्रेकिङ स्टोरी

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज

By खबरहब

February 04, 2023

काठमाडौं -पटक-पटक सरेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी आज शनिबार बस्ने भएको छ।

समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई केन्द्रीय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक आज दिउँसो १ बजे बोलाइएको हो।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो। त्यसपछि शुक्रबार दिउँसो ३ बजेको बैठक पनि बस्न नसके पछि शनिबारलाई सारिएको थियो।

बैठकले मुख्यतः रास्वपासँगको बिबाद र केन्द्रीय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।