लमजुङमा १४औँ पटक हात्तीपाइलेरोगविरुद्धको औषधी खुवाइने « Khabarhub

लमजुङमा १४औँ पटक हात्तीपाइलेरोगविरुद्धको औषधी खुवाइने


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ।

हात्तीपाइले रोग निवारण हुन नसकेका कारण १४औँ पटक औषधी खुवाउने कार्यक्रम तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए। लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ।

निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : ४५ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको