राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन : माधव नेपाल  « Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन : माधव नेपाल 


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरूले साझा उम्मेदवार उठाउने विषयमा छलफल जारी राखेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको हो।

सो बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन्।

विपक्षी गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएर बैठकबाट फर्केको उनले बताए। कांग्रेसले यसअघि नै उम्मेदवारी दिने निर्णय लिइसकेको छ । जसको समर्थनका लागि विपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिएको हो।

यद्यपि, कांग्रेसले उम्मेदवार भने तोकेको छैन। २३ माघमा हुने निर्वाचनका लागि भोलि मनोनयनको तालिका छ। भोलिसम्म उम्मेदवार टुंग्याउने कांग्रेस नेता रमेश लेखकले जनाएका छन्।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : २१ बजे

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी