परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले  शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ४२ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड