विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंग्याउने « Khabarhub

विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंग्याउने


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । 

विपक्षी दलका नेताहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफ्नो पार्टीको तर्फबाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । 

सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्यपि, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोलि बस्ने बैठकबाट नाम टुंग्याइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीबाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन्  । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोलि पनि बस्नेछ ।,

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : २२ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान