‘आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’ « Khabarhub

‘आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनले डिस्ट्रिक्ट ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सकेमात्र आत्मनिर्भरको बाटोमा नेपाल जानसक्ने धारणा व्यक्त गरे । 

उनले नेपालमा समेत पुष्पखेती फष्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे । उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए । 

‘सार्वजनिक कार्यक्रममा एक घण्टाभन्दा बढी खर्च नगर्ने निर्णय लिएको छु, कार्यक्रममा प्रयोग भएका माला तथा खादा स्वदेशी मात्रै प्रयोग गर्न आयोजकलाई भन्दै आएको छु, लायन व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोडिदिऔँं’, अधिकारीले भने, ‘आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो ।’

उनले सार्वजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताका अन्य काममा बाधा पुग्ने जनाउँदै सार्वजनिक कार्यक्रमलाई छोटो बनाउन आयोजकलाई आग्रह गर्दै आइराखेको बताए। गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको उल्लेख गर्दै लायनसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाडि बढाउने बताए। 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : ०२ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता