कांग्रेस र नेकपा एसले प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या : माधव नेपाल  « Khabarhub

कांग्रेस र नेकपा एसले प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या : माधव नेपाल 


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नबस्ने भन्ने बारेमा आइतबारसम्म दिएको अल्टिमेटम सकिँदै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिव्यक्ति दिन थालेका हुन । 

शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न बसेको विपक्षी दलको बैठक पछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन भित्रको बेमललाई हेरिरहेको प्रतिक्रिया दिएका छन । उनले भनेका छन्, ‘सत्ता गठबन्धन भित्र ब्यापक बिभेद देखा परेको छ, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं ।’

प्रचण्ड नेतृत्वको गठबन्धन भित्र विवाद बढ्दै गए पछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनसम्म पनि प्रचण्ड सरकार टिक्नेमा आंशका व्यक्त गरेका छन् । आज देखी सुरु भएको सो पार्टीको पाँचौ केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो निर्वाचन सम्म प्रधानमन्त्रीलाई थेग्न गार्‍हो भएको प्रतिक्रिया दिएका छन । 

उनले माओवादीलाई ढुलमुले पार्टी भन्दै सत्ताको केन्द्रित पार्टीको रुपमा व्याख्या गर्दै आलोचनासमेत गरेका छन । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ०६ बजे

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला