एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित : महामन्त्री थापा « Khabarhub

एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित : महामन्त्री थापा


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कलैया – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र  दुर्घटनामा पर्ने निश्चित रहेको बताएका छन् ।

बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताए। 

थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको र त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ३१ बजे

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने