वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै « Khabarhub

वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्‍याउने गरेको छ । ‘बाआमाको भत्ता बाआमाकै हातमा’ नारा अघि सारेको सो वडाले वडाले ३० अशक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर-घरमै उपलब्ध गराउँदै आएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०७९-८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताए । पचास प्रतिशत काम सम्पन्न भएको, ३० प्रतिशत काम सञ्चालन र २० प्रतिशत सम्झौता हुन बाँकी रहेको उनको भनाइ थियो । 

वडाले अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ नाराअन्तर्गत १०० विपन्न परिवारको स्वास्थ्य बीमा गरेको छ । त्यस्तै ‘किसानको आधार, वडाको भरअन्तर्गत आठ सय किसानलाई बीउबिजन वितरण गरेको छ । वडाले बाली विज्ञानमा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र एक विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ । वडाले स्मार्ट विद्यालय कार्यक्रमअन्तर्गत चार सामुदायिक विद्यालयलाई हाजिर मेसिनसमेत वितरण गरेको छ । 

उक्त वडाले नगरबाट विनियोजित १० लाखको मर्मतकार्य सम्पन्न गरेको छ भने प्रदेश सरकारको एक करोडको लागतमा सामुदायिक भवन निर्माण कार्य हाल जारी छ । यस्तै वडाका ३४ स्थानमा सडक बत्ती जडान गरिएको वडाध्यक्ष न्यौपाने जानकारी दिए । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : ०४ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले