नेपालमा सज्जन मान्छे बस्नै नसक्ने भइसके | Khabarhub Khabarhub

नेपालमा सज्जन मान्छे बस्नै नसक्ने भइसके

‘ब्रह्मलुट चलेका बेला बाँडिचुली खाऔँ भन्ने सूत्रमा देश चलेको छ’


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय नेपालमा आर्थिक र सामाजिक विकृतिको कारणले नेपालमा आत्महत्या गर्नु परेका घटनाहरू बाहिर आइरहेका छन् । यसले धेरै बहस र विवाद पनि निम्त्याएको छ । आखिर के देशमा त्यस्तै परिस्थिति निर्माण भइरहेकै हो ? आर्थिक र सामाजिक विकृतिका कारणले वा भ्रष्टाचार र कुशासनकै कारणले गर्दा देशमै स्वत उद्यम गरेर केही गर्छु भन्ने युवाहरू एकपछि अर्को गर्दै आत्महत्या गर्नुको कारण के हो त ? यसै विषयमा आधारित भएर विश्लेषक आनन्दराम पौडेलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो तथ्यांकअनुसार १३ हजार व्यक्तिहरू बैंकको कालो सूचिमा परेका छन् । आत्महत्या गरेका छन्, यो वैयक्तिक समस्या होला कि सामाजिक होला ?
इलामका प्रेम प्रसादजीले आत्मदाह गर्नु अघि एकदमै सामान्य कुराहरू, उहाँले भोगेका समस्या खुलाउनु भएको छ । म ब्युरोक्रेसीमा अफिसरबाट सुरु गरे उपसचिव भएँ, सिडिओ भएर मन्त्रालयमा पनि काम गरे । मलाई अझै पनि अड्डामा जान घिन लाग्छ । त्यहाँको रुखो बोलीले वाक्क भएर तीन पटक राजीनामा दिएँ । पहिला पञ्चायतमा भन्दा खराब व्यवहार छ कर्मचारीको ।

इलामका युवा प्रेमप्रसाद जीको निराशा, असफलता र आत्मदाह कहाँ गएर जोडिन्छ ?
किसानहरूसँग भरपाईको बिल एक वर्ष देखिको छ । तर पैसा पाएको छैनन् । सरकार आँखा चिम्लेर बसेको छ । सरकार नै शोषक ठालुहरूको पक्षमा भयो । राष्ट्रमा मौलाएको भ्रष्टाचार र कुशासनको सिकार प्रेम प्रसाद भए । हामीले पहिला पनि हेलो सरकार सक्रिय गराउन भन्यौँ । तर त्यो अझै भएको छैन ।

१३ औ हजार व्यक्तिहरू बैंकको कालो सूचिमा परेका छन्, कुनै पनि बेला यिनीहरूले पनि आत्महत्या गर्न सक्छन्, यसलाई रोक्न तत्काल सरकारले के गर्नु पर्छ ?
मिटर ब्याजीको समस्या धेरै रहेछ । त्यो बारेमा सरकारले ध्यान दिएको रहेनछ । देश र जनताका पीडाले नछुने राज्य संयन्त्रका मान्छे भए । शिक्षा नीतिमा पनि १४ महिनासम्म स्नातक तहको परीक्षाको नतिजा निकालेको छैन, यस्तो लाजमर्दा छ । एउटा अपराधीलाई जोगाउन राज्य लागेको छ । अपराधीलाई जोगाउँदै राज्यले जनताको पक्षमा सोच्न भ्याएन ।

अहिले आएका नयाँ सांसदहरुमा केही संकेत देखियो त जनताका पक्षमा काम गर्न खोजेको ?
सांसद तथा संसद्को निर्देशनहरू अधिकांश कार्यान्वयन नभएको हिसाब निस्किन्छ । सांसदले धेरै मेहनत गरेर तयार गरेको प्रतिवेदन वाइडबडि जहाज खरिद गरेको ४ अर्ब ३५ खर्ब खर्च गरेकै हो भन्ने निष्कर्षसहित अख्तियारमा पठाएको थियो । तर त्यसलाई उनीहरु नछुने । त्यो परिणामस्वरूप यो सबै भएको छ । यो देशमा सज्जन मान्छे बस्न नसक्ने नालायक भइसक्यो ।

बैंक साझेदारबाट जमिनदार बन्दै गएको, कर्मचारीतन्त्र नेतृत्वको पछाडि यो अवस्थाले त भोलिका प्रेम प्रसादहरूले न्याय पाउलान् त ?
यस्ता गलत कुराहरूलाई हामीले एकै पटक माथि लैजान्छौँ । मुख्य मियो नै गलत भयो । रिकलको सिस्टम हुनु पर्याे । सर्वोच्चमा प्रकाश वस्तीलाई फालेर गोपाल पराजुली अनि भरतराज उप्रेतीलाई फालेर चोलेन्द्र ल्याएको छ, त्यसरी ल्याउने नेता नै नरहरि आचार्य हुन् । दिनेश त्रिपाठीले सबैलाई चित्त बुझ्ने किसिमले मस्यौदा बनाउनु भएको थियो । तर त्यो सबै फालियो । स्वार्थको गलत फन्दामा परे । उहाँहरू बाहिरिनु पर्‍यो । हामीले अब प्रेस प्रसाद बन्ने होइन, कानुनतः आवाज बुलन्द गर्नु पर्‍यो ।

संवैधानिक निकायलाई पंगु बनाउने खेल कसरी सुरु भयो ?
अख्तियारले अनुचित कर्मलाई पनि हेर्नु पर्ने थियो । यति रकम भ्रष्टाचार गरेको भनेर अंकमा देखिएको एउटा भयो । अनुचित कर्म गरेकालाई पनि अख्तियार थियो । यिनीहरूले अख्तियारलाई पंगु बनाउने छन् । अख्तियारका आयुक्तहरू पार्टीको भागबन्डामा नियुक्त हुन्छन् । र, त्यो जनतालाई थाहा हुन्छ कि यो आयुक्त फलानाको कोटाबाट आयुक्त भएको भन्ने । यसरी कसरी सुधार हुन्छ र ?

७ प्रतिशतमा ऋण लिएको छ, एउटा म्यासेज पठाएर १५ प्रतिशत बनाउने यो कस्तो अवस्था हो ?
यो सिस्टम ब्रम्हलुटमा गएको बेलमा भाग शान्ति, जय नेपाल मिलिजुली बसौँ, बाँडिचुँडी खाऊ भन्ने सूत्रमा यो देश चलेको छ । मर्नेहरू मर्दै गरुन् हामी बाँडेर खाऊ । जुन एउटा भिडियो सार्वजनिक भएको छ, प्रधानमन्त्रीले त्यसरी आगो लाग्दै गर्दा गाडी दौडाइएको छ त्यो पनि संवेदनहीन जस्तो छ । सुरक्षाकर्मी त फर्केर रोक्न सक्थ्यो होला । प्रोटोकल ठुलो हो कि नागरिकको ज्यान ठुलो भन्ने कुरा पनि आउँछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : १३ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको