बुद्धकालीन सभ्यताको संरक्षण जरुरी : अर्थमन्त्री पौडेल « Khabarhub

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी : अर्थमन्त्री पौडेल


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेलहिया– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरुरी रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे । 

‘गुणस्तर र समयलाई ध्यान दिँदै लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदासहित बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण अगाडि बढाएका छौँ’, उनले भने। गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसबाट समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने बताए। उनले तराईका समथर भूमिमा उत्पादन तथा रोजगारी वृद्धि गरी देशको कूल गार्हस्थ्य उत्पादनमा सरकारले जोड दिइरहेको बताए। 

‘भेरी बबई सिँचाइ आयोजना, राप्तीको पानी कपिलवस्तुमा पुर्‍याउने, नौमुरे आयोजना, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनाबाट पश्चिम तराईमा  कृषि उत्पादनमा टेवा मिलेको छ’, उनले भने । 

मन्त्री पौडेलले बाँकेको कोहलपुर, दाङ उपत्यका तथा बुटवलको भैरहवामा गरी लुम्बिनीमा तीनवटा आधुनिक र व्यवस्थित सहरसहितको महानगर बनाउने तयारीमा सरकार रहेको जानकारी दिए । लुम्बिनी प्रदेश निजी क्षेत्रका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पौडेलले यो क्षेत्र उद्योगी र व्यवसायीका लागि उर्वर थलोका रुपमा विकास भइरहेको बताए ।  

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : ५६ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले