महानगरका सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु « Khabarhub

महानगरका सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै  ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।  

यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने  भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जिकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु गरिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । नागरिकले आफूलाई पायक पर्ने वडा कार्यालयमा गई परिचयपत्र प्राप्त गर्न सक्ने प्रवक्ता मानन्धरले बताएका छन् ।  

‘तोकिएका केही स्थानबाट मात्रै परिचयपत्र वितरण गर्दा समयमा परिचयपत्र नपाएको गुनासो नागरिकबाट आएपछि ३२ वटै वडामा सेवा विस्तार गरी पायक पर्ने स्थानमा जान सकिने व्यवस्था मिलाएका छौँ’, उनले भने । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो । 

कानुनी रुपमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, कार्यविधि २०७७ अनुसार वैयक्तिक तथा जैविक विवरण समावेश गरिन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा मिति खुल्ने आधिकारिक प्रमाण आवश्यक पर्दछ । नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ सक्कल दर्ताको प्रमाणपत्र आवश्यक पर्दछ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : ०२ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले