राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण नटिक्ने माधव नेपालको दाबी  « Khabarhub

राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण नटिक्ने माधव नेपालको दाबी 


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दाबी गरेका हुन्। 

अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आएपनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको उनले बताए। अब वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने उनको भनाइ छ। 

अध्यक्ष नेपालले चुनावमा लोकप्रिय मत पाएका दलहरूको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताए। त्यस्तै उनले संविधानको उलङ्घन गर्नेहरू सरकारमा जानु संकटको संकेत दिएको जिकिर गरे।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : १० बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट