अमेरिकी आकाशमा चिनियाँ बेलुन उडेपछि विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमण रद्द « Khabarhub

अमेरिकी आकाशमा चिनियाँ बेलुन उडेपछि विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमण रद्द


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रद्द गरेका छन् । अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएका बेला विदेशमन्त्री ब्लिन्केनले चीन भ्रमण रद्द गरेका हुन् ।

यसअघि अमेरिकाको मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको थियो । उक्त बेलुनले मोन्टानामा रहेका आणविक हतियार भण्डारण गर्ने स्थानको जासुसी गरिरहेको हुनसक्ने अमेरिकी अधिकारीको आशंका छ ।

यद्यपि चीनले भने उक्त बेलुन मौसमबारे अध्ययन गर्न उडाइएको जनाएको छ ।

अमेरिकी विदेशमन्त्रीले विगत ५ वर्षमा पहिलो पटक चीनको भ्रमणमा निस्कन लागेका थिए । ट्रम्प प्रशासनका बेला चुलिएको व्यापार युद्धका कारण उसैपनि दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

पछिल्लो पटक अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि भने सम्बन्ध अझ चिसिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : २५ बजे

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको