जापानी प्रधानमन्त्रीद्वारा वरिष्ठ सहयोगी बर्खास्त | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्रीद्वारा वरिष्ठ सहयोगी बर्खास्त


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यकविरुद्ध टिप्पणी गर्ने वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त गरेको बताएका हुन् ।

समलिङ्गी विवाहलाई वैधानिकता दिने विषयमा अराइले हालै व्यक्त गरेको टिप्पणीलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै प्रधानमन्त्री किशिदाले सरकारको नीतिसँग पूर्णतया विरोधाभासपूर्ण र अक्षम्य अभिव्यक्ति दिएकाले उनलाई बर्खास्त गरिएको बताए । साथै उनले अराइको उत्तराधिकारी पनि चयन भइसकेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यकारी सचिवको रूपमा कार्यरत अराइले अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले यौनिक अल्पसङ्ख्यक जोडीलाई हेर्न मन नलाग्ने र उनीहरूप्रति आफूलाई घृणा लागेको पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा बताएका थिए । उनले जापान समलिङ्गी विवाहको विपक्षमा हुनुपर्ने टिप्पणी पनि गरेका थिए । उनका टिप्पणी सञ्चारमाध्यमममा सार्वजनिक भएपछि शुक्रबार उनले क्षमा याचना गर्दै आफ्ना भनाइले प्रधानमन्त्रीको धारणा प्रतिविम्बित नगर्ने स्पष्ट गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : २३ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।