कर्णालीमा ऊर्जा कार्यालय स्थापना हुने « Khabarhub

कर्णालीमा ऊर्जा कार्यालय स्थापना हुने


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले जलस्रोत तथा ऊर्जा क्षेत्रको विकासका लागि छुट्टै ऊर्जा कार्यालय स्थापना गर्ने भएको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले जलस्रोतको माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन एउटा छुट्टै ऊर्जा कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए। 

उनले सडक गुरुयोजना बनाउन थालिएको समेत जानकारी दिए। मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले पूर्वाधार निर्माणमा कुनै योजना नभएको बताए । ‘बनेका योजना र बजेट प्रणाली पनि वैज्ञानिक छैनन्,’ मन्त्री शाहीले भने, ‘जलस्रोतको प्रचुर सम्भावनालाई समृद्धिमा बदल्न हामी एउटा छुट्टै ऊर्जा कार्यालय पनि खोल्दैछौँ ।’

कर्णाली सातै प्रदेशको तुलनामा समग्र सूचकमा पछि परेको भन्दै उनले समृद्धिको अभियानलाई अगाडि बढाउन वार्षिक १० हजार युवालाई रोजगारी दिने लक्ष्य राखेर कार्यदल गठन गरी अध्ययन सुरु गरिएको जनाए । पछिल्लो समयमा कर्णालीमा बजेट कम खर्च हुनुमा प्राविधिक जनशक्ति अभाव, भौगोलिक विकटता र निर्वाचन मुख्य कारण रहेको उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो मन्त्रालयमा ७२ कर्मचारीको दरबन्दी रिक्त छ । त्यसका ६० जना प्राविधिक रहेका छन् । कर्णालीमा अभाव भएको जनशक्ति व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुरोध गरिएको छ ।’ अब प्रदेश निजामती सेवा ऐन प्रदेश सरकारले छिट्टै बनाएर प्रदेश लोकसेवा आयोगबाट कर्मचारीको पदपूर्ति गर्ने योजना राखिएको उनले बताए।

उनका अनुसार अहिले सबै मन्त्रीहरूको मन्त्रालयको अवस्था अध्ययन गरेर भएका अभाव र समस्यालाई सम्बोधन हुने गरी अगाडि बढ्ने योजना बनाइएको छ । उक्त परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारले बनाउने नीति तथा कार्यक्रम, बजेट र योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र सूचनामैत्री सरकार बन्नुपर्ने सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ३२ बजे

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका