वनजंगल मासिँदा पानीका मुहान सुक्दै « Khabarhub

वनजंगल मासिँदा पानीका मुहान सुक्दै


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खलंगा– दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । 

स्थानीय तहले अव्यवस्थितरूपमा जताततै सडक निर्माण गर्दा वनजंगल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ । शैल्यशिखर नगरपालिका-६ का गोविन्दसिंह धामीले पानीका मुहान सुक्दै गएको बताए । 

‘केही वर्ष पहिले ठाउँ ठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन’, उनले भने । वनजंगल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको मालिकार्जुन गाउँपालिका-३ का सोविर धामीको भनाइ छ । 

ग्रामीण  क्षेत्रका पानीका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएका  स्थानीय अकवर टमटाले बताए । मुहान सुक्दै गएपछि यहाँका खोलानालामा समेत पानीको मात्रा घट्दै गएको छ । जिल्लामा लामो समयसम्म हिउँदे वर्षा नहुँदा अन्नबाली सुक्न थालेको छ ।

समयमै हिउँदे वर्षा नहुँदा पनि खानेपानीका मुहानमा पानीको मात्रा कम हुँदै गएको छ । लेकम गाउँपालिका-४ का वडाध्यक्ष महेन्द्र जोशी अव्यवस्थित सडक निर्माणका कारण माथिल्लो भूभागमा भएका पानीका मुहान तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको बताउँछन् । 

मुहान सुक्न थालेपछि पानी ल्याउन डेढघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको शैल्यशिखर-५ का विशनसिंह डाँगाले बताए । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ४६ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट