परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीहरु बिच शनिबार साँझ भेटवार्ता भएको हो ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन मन्त्री पौड्याल कोलम्बो पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्य अघि बढाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पौड्यालले भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग समेत अलग अलग भेटवार्ता गरेकी छिन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्