म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि « Khabarhub

म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।

आज भएको फाइनलमा २–१ को सोझो सेटमा आयोजक तादीलाई म्यागङ गाउँपालिकाले हराएको हो । प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम भएको म्यागङले रू एक लाख ५० हजार, दोस्रो भएको तादीले रू एक लाख र तेस्रो भएको पञ्चकन्याले रू ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि पूर्वखेलकुदमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रदान गरे।

उनले प्रतियोगिता सञ्चालन गरिएको अमरज्योति माध्यमिक विद्यालय खरानीटारको खेलमैदानलाई क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाए ।

खेलमार्फत् विकास, अनुशासन र गतिशीलता दिन सुरु भएको भलिबल प्रतियोगिताको आगामी वर्षहरूमा थप निरन्तरता दिँदै महिला र पुरुष दुवैको सहभागिता गराउने आयोजक तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले बताए । यही माघ १८ देखि सुरु भएको प्रतियोगितामा जिल्लाको १२ पालिकाबाट १३ समूहको सहभागिता थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : १९ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५