रास्वपाको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल गर्ने « Khabarhub

रास्वपाको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल गर्ने


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राती पार्टी कार्यालयमा अबेरसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको नयाँ प्रस्तावको विषयमा समेत छलफल भएकाे थियाे। बैठक भोलि पुन बस्ने बताईएको छ । यस्तै बैठकले भोलि संसद बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।

आज साँझ रास्वपाका सभापति रवि लामिछानेसँग भएको भेटावर्तामा प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका थिए ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : १३ बजे

मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति