समयमै उपचार गरे अनुहारको पोतो ठिक हुन्छ « Khabarhub

समयमै उपचार गरे अनुहारको पोतो ठिक हुन्छ

हर्मोनको असन्तुलनले पोतोको समस्या


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी अनुहारको सुन्दरताका लागि बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ। समयमा नै सावधानी नअपनाए यस्ता सामग्रीले सुन्दर अनुहार बिग्रिन पनि सक्छ। अनुहारमा देखिने छालाको समस्यामध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ। कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ। यो हल्का वा गाडा पनि हुन्छ।

आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा सौदर्यलाई प्रत्यक्ष असर गर्दछ। यो एउटा कस्मेटिक समस्या हो। तर यसले मानिसमा मानसिक रुपमा पिर र चिन्ता समेत सिर्जना गराएको छ।

कालोपोतोले स्वास्थ्यलाई भने कुनै पनि असर नगर्ने छाला रोग विशेषज्ञको भनाइ छ। यो केटाहरूमा पनि हुनसक्छ तर अहिले यो धेरै महिलाहरूमा देखिएको छ। छिटो अस्पताल गएको बिरामीमा ६ महिनामा ठिक हुन्छन्।

कालो पोतो आएको धेरै समयपछि अर्थात् अनुहारमा पूर्ण रुपमा फैलिएपछि उपचार सुरु गरे निको हुन दुई वर्षसम्म लाग्नसक्छ। अनुहारमा पोतो फैलिइसकेपछि उपचारमा समय लाग्ने चिकित्सकको भनाइ छ। उपचार गरेपछि पहिला आफ्नो छाला जस्तो थियो त्यही अवस्थामा आउँछ। यसको उपचारका लागि दाग हटाउने क्रिमको प्रयोग गर्नुपर्छ।

कालो पोतो के के कारणले आउँछ ?
कालो पोतो एउटै कारणले मात्र देखिने समस्या होइन। यसका लागि विभिन्न कारणहरु हुनसक्छ। जसमध्ये प्रमुख कारणलाई बुँदामा उल्लेख गर्न सकिन्छ।
-रक्तअल्पता,
-गर्भ निरोधक चक्की,
-चिन्ताहरूले आउँछ,
-अन्य औषधिको साइड इफेक्ट,
-गालाबाट बढी पसिना आउन,
-हर्मोनको असन्तुलन,
-खानपानमा ध्यान नदिँदा बासी बिग्रेका खाना,
-धुलो धुँवा फोहोर,
-धूम्रपान सेवन,
-महिलालाई इन्ड्रोक्राइनल डिजअर्डर, हाइपोथाइराइडिज्म आदिले कालो पोतोको समस्या देखिन सक्छ।

घरेलु रोकथामका उपाय के के हुन सक्छन् ?
-कालो पोतो भएकाले घरमै जडीबुटीबाट औषधि बनाई अनुहारमा लगाउँदा धेरै फाइदा हुन्छ।
-बेसार, चुत्रोको बोक्रा घोटेर पेस्ट बनाएर लगाउनाले कालो पोतो बिस्तारै हट्दै जान्छ।
-घ्यूकुमारीको रसमा बेसार, रक्त चन्दन, श्वेत चन्दनको धुलो हालेर बन्ने सम्मिश्रणलाई छालामा लगाएर एक घण्टापछि मन तातो पानी ले धुने गर्दा पनि कालो पोतोको समस्या बढ्छ।
-पानी प्रशस्त पिउने गर्नुपर्छ।

औषधि र कस्मेटिकको पाटो के हो ?
-सनस्क्रिन एसपिएफ ३० माथिको दुई दुई घण्टामा बाक्लो गरेर दुई वटा औंलाको टुप्पोमा राखेर दैनिक लगाउने गर्नुपर्छ।
-राम्रो मोइस्चराइजरहरू लगाउने,
-सधैँ भिटामिनको प्रयोग गर्ने
-सेतो हुने औषधि लगाउने
-माइक्रोडर्माब्रेसनहरू गराउने

चायापोतो आउनै नदिन के गर्ने ?
-सुरुमा त घाममा निस्कनु भन्दा पहिले दिनमा तीन पटक सनब्लक लगाउने।
-घाममा निस्कदा कालो छाता ओढेर निस्कने गर्नुपर्छ।
-स्विमिङ गर्दा, ट्रेकिङ गर्दा बढी एसपिएफको सनब्लक लगाउने गर्नुपर्छ।
-डाइटमा पनि ध्यान दिनुपर्छ। पानी धेरै खाने, एन्टिअक्डिेन्ट फुडले पनि दाग हराउन सहयोग गर्छ।
-छालामा केही समस्या आयो भने आफैले किनेर केही औषधि प्रयोग गर्नु हुँदैन।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : २० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा