समयमै उपचार गरे अनुहारको पोतो ठिक हुन्छ « Khabarhub

समयमै उपचार गरे अनुहारको पोतो ठिक हुन्छ

हर्मोनको असन्तुलनले पोतोको समस्या


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी अनुहारको सुन्दरताका लागि बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ। समयमा नै सावधानी नअपनाए यस्ता सामग्रीले सुन्दर अनुहार बिग्रिन पनि सक्छ। अनुहारमा देखिने छालाको समस्यामध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ। कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ। यो हल्का वा गाडा पनि हुन्छ।

आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा सौदर्यलाई प्रत्यक्ष असर गर्दछ। यो एउटा कस्मेटिक समस्या हो। तर यसले मानिसमा मानसिक रुपमा पिर र चिन्ता समेत सिर्जना गराएको छ।

कालोपोतोले स्वास्थ्यलाई भने कुनै पनि असर नगर्ने छाला रोग विशेषज्ञको भनाइ छ। यो केटाहरूमा पनि हुनसक्छ तर अहिले यो धेरै महिलाहरूमा देखिएको छ। छिटो अस्पताल गएको बिरामीमा ६ महिनामा ठिक हुन्छन्।

कालो पोतो आएको धेरै समयपछि अर्थात् अनुहारमा पूर्ण रुपमा फैलिएपछि उपचार सुरु गरे निको हुन दुई वर्षसम्म लाग्नसक्छ। अनुहारमा पोतो फैलिइसकेपछि उपचारमा समय लाग्ने चिकित्सकको भनाइ छ। उपचार गरेपछि पहिला आफ्नो छाला जस्तो थियो त्यही अवस्थामा आउँछ। यसको उपचारका लागि दाग हटाउने क्रिमको प्रयोग गर्नुपर्छ।

कालो पोतो के के कारणले आउँछ ?
कालो पोतो एउटै कारणले मात्र देखिने समस्या होइन। यसका लागि विभिन्न कारणहरु हुनसक्छ। जसमध्ये प्रमुख कारणलाई बुँदामा उल्लेख गर्न सकिन्छ।
-रक्तअल्पता,
-गर्भ निरोधक चक्की,
-चिन्ताहरूले आउँछ,
-अन्य औषधिको साइड इफेक्ट,
-गालाबाट बढी पसिना आउन,
-हर्मोनको असन्तुलन,
-खानपानमा ध्यान नदिँदा बासी बिग्रेका खाना,
-धुलो धुँवा फोहोर,
-धूम्रपान सेवन,
-महिलालाई इन्ड्रोक्राइनल डिजअर्डर, हाइपोथाइराइडिज्म आदिले कालो पोतोको समस्या देखिन सक्छ।

घरेलु रोकथामका उपाय के के हुन सक्छन् ?
-कालो पोतो भएकाले घरमै जडीबुटीबाट औषधि बनाई अनुहारमा लगाउँदा धेरै फाइदा हुन्छ।
-बेसार, चुत्रोको बोक्रा घोटेर पेस्ट बनाएर लगाउनाले कालो पोतो बिस्तारै हट्दै जान्छ।
-घ्यूकुमारीको रसमा बेसार, रक्त चन्दन, श्वेत चन्दनको धुलो हालेर बन्ने सम्मिश्रणलाई छालामा लगाएर एक घण्टापछि मन तातो पानी ले धुने गर्दा पनि कालो पोतोको समस्या बढ्छ।
-पानी प्रशस्त पिउने गर्नुपर्छ।

औषधि र कस्मेटिकको पाटो के हो ?
-सनस्क्रिन एसपिएफ ३० माथिको दुई दुई घण्टामा बाक्लो गरेर दुई वटा औंलाको टुप्पोमा राखेर दैनिक लगाउने गर्नुपर्छ।
-राम्रो मोइस्चराइजरहरू लगाउने,
-सधैँ भिटामिनको प्रयोग गर्ने
-सेतो हुने औषधि लगाउने
-माइक्रोडर्माब्रेसनहरू गराउने

चायापोतो आउनै नदिन के गर्ने ?
-सुरुमा त घाममा निस्कनु भन्दा पहिले दिनमा तीन पटक सनब्लक लगाउने।
-घाममा निस्कदा कालो छाता ओढेर निस्कने गर्नुपर्छ।
-स्विमिङ गर्दा, ट्रेकिङ गर्दा बढी एसपिएफको सनब्लक लगाउने गर्नुपर्छ।
-डाइटमा पनि ध्यान दिनुपर्छ। पानी धेरै खाने, एन्टिअक्डिेन्ट फुडले पनि दाग हराउन सहयोग गर्छ।
-छालामा केही समस्या आयो भने आफैले किनेर केही औषधि प्रयोग गर्नु हुँदैन।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : २० बजे

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर