सामाजिक सेवामा ६५ लाख बढी खर्च | Khabarhub Khabarhub

सामाजिक सेवामा ६५ लाख बढी खर्च


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ सेवा समिति हङकङले सामाजिक सेवामा ६५ लाख बढी खर्च गरेको छ ।

रोजगारीको सिलसिलामा हङकङमा बस्दै आएका लमजुङीहरुको संस्था लमजुङ सेवा समिति हङकङले स्थापना कालदेखि हालसम्म जिल्लाका विभिन्न सामाजिक कार्यमा ६५ लाख ५० हजार ७ सय ६९ रुपैयाँ खर्च गरेको हो ।

हङकङमा रहेको लमजुङे संगठित भई १९९८ मा स्थापना भएको सेवा समितिले गृह जिल्लामा तमू संग्रहालय भवन निर्माणदेखि, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् लगायतको क्षेत्रमा सहयोग गरेको छ  ।

समितिले जिल्लामा स्थापना गरेको सम्पर्क समितिमार्फत सहयोग गर्दै आएको छ । समितिमार्फत सिधै ४० लाख ५ हजार रुपैयाँ र समितिले स्थापना गरेको अक्षयकोषबाट सम्पर्क समितिमार्फत २५ लाख ४५ हजार ७ सय ६९ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको लमजुङ सेवा समिति हङकङका अध्यक्ष श्यामकुमार गुरुङले बताए।

समितिले लमजुङको बेंसीसहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया गरी पछिल्लो ९ वर्षमा गरेको कामबारे जानकारी गराएको छ ।

समितिले २०७० मा १५ लाखबाट सुरु गरको अक्षयकोष हाल ४४ लाख पुगेको जनाएको छ । अक्षयकोषबाट प्राप्त व्याज सामाजिक सेवामा खर्च गर्दै आएको समितिले हालसम्म १ सय ८ जनालाई आर्थिक सहयोग मात्र १३ लाख ४२ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । जसमध्ये उपचारको लागि ८२ जना, आगलागी पीडित २ जना, १३ जनालाई छात्रवृत्तिमा सहयोग गरेको हो ।

२०७३ भदौ १७ गते खुदी स्रोत केन्द्र अन्तर्गत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई एक तालिम आयोजना गर्दा १ लाख १६ हजार ९ सय ९५ रुपैयाँ खर्च भएको थियो । त्यस्तै सम्पर्क समितिले विभिन्न समयमा १८ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा ५ लाख ८८ हजार ६८ रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : ५५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका