रंगकर्मको आदर्श युगका नायक हरिप्रसाद रिमाल | Khabarhub Khabarhub

रंगकर्मको आदर्श युगका नायक हरिप्रसाद रिमाल

रंगमञ्च र सिनेमाका सेतु


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हरिप्रसाद रिमाल नेपाली ब्रान्डको अमूल्य हुनुहुन्थ्यो। उहाँको हातमा सधैँ किताब र कहिले काहीँ कापी पनि हुन्थ्यो। कुनै नाटक, उपन्यासको पाण्डुलिपी बोकेर हिँड्नु हुन्थ्यो। प्रश्न गर्दा यसको नाटक गर्ने बारे सोचिरहेको छु भनेर जवाफ दिनुहुन्थ्यो।

नेपालका धेरै नाटकहरू मञ्चन गर्ने श्रेय उहाँलाई जान्छ। जुन किताबका रूपमा छापिएका लेखिएका छन्। गोपाल प्रसाद रिमालको ‘मसान’ नाटकलाई उहाँले नै मञ्चन गर्नुभयो। मनबहादुर मुखियाको सफल नाटक ‘क्रसमा टाङिएको जिन्दगी’लाई उहाँले नै मञ्चन गर्नु भयो। यसबाहेक कयौँ नाटकको उहाँले निर्देशन गर्नुभयो। चलचित्र नायक शिव श्रेष्ठले अभिनय गरेको पहिलो नाटक ‘दुई लास एक चिहान’ पनि उहाँले नै निर्देशन गर्नुभयो। चलचित्र नायिका कृष्टी केसीले अभिनय गरेको ’दुई बाबुकी एक्ली छोरी’ उहाँले नै निर्देशन गर्नुभयो।

व्यावसायिक रूपले अत्यन्त सफल मानिएको नाटक ‘बन्दिनुहोस् न त’ उहाँले नै निर्देशन गर्नुभयो। वासु जोशीको ‘सब थोक गर्नु पर्छ काठमाडौँमा’ सफलता पूर्वक उहाँले नै मञ्चन गर्नुभयो। हरिप्रसाद रिमाललाई नाटक निर्देशकका रूपमा हामी चिन्छौँ। रेडियो नाटक पनि उहाँले निर्देशन गर्नुहुन्थ्यो। चलचित्र अभिनेता र रङ्गमञ्च अभिनेताका रूपमा पनि उहाँलाई चिनिन्थ्यो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा नाटक पनि खेलाएर डिल्ली बजारको हिरो भन्ने पदवी पनि उहाँलाई दिनुभएको थियो। हरिप्रसाद रिमाल नेपाली रङ्गमञ्चका एक आधार हुन्। उनी नेपाली रङ्गमञ्चका एक आदरणीय गुरु हुन्।

उहाँको निर्देशनमा अभिनय गर्ने कयौँ कलाकारहरू अझै पनि चिरपरिचित छन्। रेडियो नेपालको नाटकमा जितेन्द्र महत अभिलाषी, सुशीला रायमाझी, कृष्ण मल्ल, शिखा कार्कीलगायत धेरै कलाकारलाई उहाँले परिचित गराउनुभयो। नेपाली रङ्गमञ्चमा महेश थापा, सुस्मा साही, सिद्धान्तराम जोशी भुवनचन्द थापा, सम्राट् सापकोटादेखि लिएर नयाँ पुस्ताका बिना बुढाथोकीसम्मलाई उहाँले परिचित गराउनुभयो।

उहाँ एक कुशल गायक पनि हुनुहुन्छ। साथै नेपालमा सिंहदरबारभित्र रेडियो नेपाल स्थापना भएपछि माइक्रोफोनमा ‘मेरो मुटु तिम्रो आँखाबाट’ भन्ने गीत गाएर रेडियो नेपालको प्रथम गायक पनि हुनुभयो। करिब ९ वटा जति गीत गाएर एउटा सिडी एल्बम पनि आर बिएफले प्रकाशन गर्याे। फगत एक नजरमा।

उहाँले तारणीप्रसाद कोइरालाको शब्दमा बिना बादल असिना पर्दैन, केशव राज बिडारीको ‘एक नजरमा कसैले लियो मेरो मन’, आनन्दको शब्दमा, ’जाउजाउ लाग्यो’, ध्रुव केसीसँगको युगल गीत ‘कल्ले कल्ले डाक्छ मलाई’ लगायतका गीत लोकप्रिय भए।

कोइली देवीको सङ्गीतमा ‘आँसु बहाऊ’ भन्ने गीत पनि गाउनुभयो। एक गायकको रूपमा रेडियो नेपालमा सुरु गरिएको उहाँको गायन यात्रासँगै बालकृष्ण समको नाटकसँग सुरु भएको उहाँको अभिनयको यात्रा पनि चर्चाकै विषय थियो। गौरीशंकर नाट्य समुदायसँग आबद्ध भएर उहाँले अभिनय गरेका धेरै नाटकहरू यादगार छन्।

उहाँ स्वयम्ले बालकृष्ण समका नाटक मुकुन्द इन्दिरा र अन्य नाटकलाई राष्ट्रिय नाचघरमा पनि मञ्चन गर्नुभयो। हरिप्रसाद रिमालको निर्देशनको क्षमता यस्तो थियो कि सामान्य कलाकारलाई पनि उत्कृष्ट बनाउने। राम्रो कलाकारलाई पनि सरल रूपले अभिनय गराएर नाटक भित्र घोल्न सक्नुहुन्थ्यो। जस्तोः ‘मसान’ नामक नाटकमा उहाँले आजका प्रसिद्ध कलाकार हरिवंश आचार्यलाई विवाहको जन्तीमा आउने एक दृश्यको भूमिका दिनुभएको थियो। मदन कृष्ण श्रेष्ठलाई क्रसमा टाँगिएको जिन्दगी नामक नाटकमा जन्म दिनको पार्टीको भोजमा आउने एउटा गेस्टको रूपमा सानो एउटा रोल दिनुभएको थियो। सांस्कृतिक संस्थानबाट मञ्चित कुहिरोभित्र अल्मलिदा भन्ने नाटक उहाँले महेश थापाको लेखनको नाटकलाई अर्कै उचाइ दिनुभएको थियो।

रङ्गमञ्चमा उहाँले क्रसमा टाँगिएको जिन्दगी निर्देशन गर्दै गर्दा नेपाली रङ्गमञ्चका स्वर्णिम युग भर्खर सुरु भएको थियो। रङ्गमञ्चको त्यो अभिनय क्रममा महेश थापा सुस्मा साही गौतम रत्न तुलाधर अशोक चालिसे दिपा बस्नेत जस्ता कलाकारले अभिनय गर्नुभएको थियो।

उहाँको नाटक निर्देशनको खुबी भनेको रेडियो नाटक निर्देशन भएको कारणले संगीतको र गीतको प्रयोग कसरी गर्ने भन्ने बारेमा राम्ररी थाहा थियो। सबै नाटक निर्देशकलाई सङ्गीतको ज्ञान हुँदैन। तर उहाँ आफै गायक भएको कारणले सबै जान्नु हुन्थ्यो।

नेपालबाट बनेको पहिलो चलचित्र आमा मा एउटा अभिनेताको भूमिका निर्वाह गर्नुभयो। आमा फिल्ममा उहाँले जस्तो रोग निर्माण गर्नु त्यस्तै ट्याग लाग्यो। उहाँले सिन्दुर फिल्ममा पनि त्यस्तै नायकको पिताको भूमिका निर्वाह गर्नुभयो। मनको बाँधमा उहाँले नायकको दाइको भूमिका निर्वाह गर्नुभयो। त्यो पनि उहाँको पुरानै शैलीको भूमिका थियो। उहाँलाई अभिनयमा परिवर्तन गराउनको लागि कुनै निर्देशकमा त्यस्तो हिम्मत थिएन। किनकी उहाँलाई कुनै दृश्य भनिसकेपछि एक पटकमा नै पर्फेक्ट अभिनय गर्नु हुन्थ्यो।

उहाँको फिल्ममा अभिनय गर्दाको शैली र रङ्गमञ्चमा अभिनय गर्दाको शैली धेरै फरक थियो। चन्द्रप्रकाश घिमिरेको निर्देशनमा बनेको पिरती फिल्ममा एउटा अतिथिको भूमिका निर्वाह गर्नु भएको थियो। प्रदीप रिमालको कि घर कि डेरामा एउटा चरित्र अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो। त्यो पनि यादगार थियो।

उहाँको अभिनयको शैली विश्वका प्रसिद्ध अभिनेताको शैली भन्दा फरक थिएन। उहाँ अभिनयलाई जीवन जत्तिकै सरल बनाउन सक्ने हुनुहुन्थ्यो। गुरुको रूपमा अभिनय सिकाउँदा पनि सहज भएर सिकाउनु हुन्थ्यो। कुनै कलाकारलाई गाली गर्ने गरेर सिकाउनु हुन्थ्यो। एउटा पिताले पुत्रलाई सम्झाए जस्तै एकदमै आज्ञाकारी तरीकाले सिकाउनु हुन्थ्यो। त्यो उहाँको गुण थियो।

उहाँ अभिनयमा आएको बेला नायकको भूमिका निर्वाह गर्ने समय भएको बेला यहाँ फिल्म बन्न सुरु भएको थिएन उहाँको समय आउँदा चरित्र अभिनेतामा पुग्नुभयो। त्यस्ता श्रदेव पात्र हरिप्रसाद रिमालले रेडियो नाटकमार्फत् नेपाली दर्शक श्रोतालाई जुन जागणको युगमा ल्याउनुभयो। शनिबारको दिन छुट्टीको दिन हरेक ठाउँमा १ बजेको समय नाटकको समय भन्ने बनाउनुभयो।

हरेक कलाकारलाई रेडियो नेपालमा बोलाएर स्वर परीक्षा लिनुहुन्थ्यो। अनि मात्र अभिनय गर्ने मौका दिनुहुन्थ्यो। ध्वानी नाटकमा उहाँ रेडियोमा अभिनय गर्ने कलाकारलाई आवाजको प्राथमिकता दिनुहुन्थ्यो। सुशीला रायमाझी, शिखा गुरुङ, शोभा श्रेष्ठ, कृष्ण मल्ल, जितेन्द्र महत अभिलाषी, मदनदास श्रेष्ठलगायतका धेरै नाम लिन सकिन्छ। चन्द्र माला शर्मालाई पनि नयाँ संसार नामक रेडियो नाटकमा अभिनय गराउनुभयो।

उहाँको निर्देशनको बुनत्व एकातिर छ भने, मित्रवत् पक्ष अलग्गै छ। उहाँ राष्ट्रिय नाचघरमा लामो समय रहनुभयो। उहाँले विभिन्न किसिमका महाप्रबन्ध देख्नुभयो र सबै भन्दा घनिष्ठ नारायण गोपाल हुनुभयो। उहाँहरू मामा भान्जाको सम्बन्ध थियो। क्रसमा टाँगिएको जिन्दगी मञ्चनको सफलताबाट उठेको पैसाले महाप्रबन्धकले चढ्ने कारसम्म किन्न पुगेको थियो।

हरिप्रसादको युग नेपाली रङ्गमञ्चमा एउटा आर्दश रंगकर्मीको युग थियो। उहाँले छोडेर जानु भएको सन्देश यसरी प्रवाहित भएको छ कि हरेक पुस्ताका कलाकारलाई पुर्नजीवीत गर्नुभएको छ। त्यो क्वालिटी उहाँको सदैव कायम रहन्छ। चलचित्रमा अभिनय गर्ने कलाकारलाई पनि सानोसानो कुरामा गरेको टिप्पणी पनि सन्देश लायक थियो। रिमाल नेपाली रङ्गमञ्च, नेपाली नाटक, रेडियो नाटक, गायन, सङ्गीतका पर्याय हुन्। रेडियो नेपालका प्रथम गायक भनेर हामीले चिनिए पनि उहाँ नेपाली रंगमञ्चको एउटा ब्रान्ड हुनुहुन्थ्यो। अहिले नेपाली रंगमञ्चको जुन युग परिवर्तन भएको छ। यो हरिप्रसाद रिमालको देन हो। हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दछौँ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ०० बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख