पर्वतमा मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा « Khabarhub

पर्वतमा मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वत जिल्लाको कुश्मा नगरपालिका १० नं वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

सो वडाभित्र रहेका विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा उनका परिवारलाई रकम अभावका कारण काजक्रिया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडाको भनाइ छ ।

‘सरकारी सेवामा रहेका र आर्थिक रूपमा सम्पन्न परिवारलाई बाहेक वडामा मृत्यु भएका प्रत्येक मृतकका परिवारलाई जनही १० हजार रुपैयाँ दिने गरेका छौँ’, वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, ‘यस आर्थिक वर्षदेखि सुरु गरेका हौँ र यसलाई आगामी दिनमा निरन्तरता दिइने छ । मृतकका परिवारलाई काजक्रिया खर्च भनेर रकम भुक्तानी दिने गरेका छौँ ।’

पर्वतमा मृतक परिवारसँग वडाको यो नौलो कार्यक्रम भएको स्थानीय राजु पौडेलले बताए । उनले वडाको यस कार्यक्रमले विपन्न परिवारलाई राहत मिलेको प्रतिक्रिया दिए । सामान्य काजक्रियाकै लागि पनि बिपन्न परिवारले त ऋण धन गर्नुपर्ने अवस्था रहँदै आएकामा वडाको यस कार्यक्रमले थोरै भए पनि राहत दिएको उनको भनाइ छ ।

वडाध्यक्ष सुवेदीले भने, ‘यो रकम धेरै होइन सामान्य हो, तर पनि जनताका प्रतिनिधि आफ्ना नागरिकलाई दुःख परेका बेला सान्त्वना र समवेदना लिइ घर–घरमै भेट्न जाने एउटा माध्यम मात्र हो ।’

मृतकको परिवारले रकम प्राप्त गर्न वडा कार्यालयमा मृत्यु दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि वडाध्यक्ष सो रकम लिएर मृतकको घरमा पुग्ने गर्दछन् । यस वडामा जम्मा घरधुरी छ सय २३ र जनसङ्ख्या चार हजार पाँच सय ३४ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ११ : ४० बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई