‘नेपाली साहित्यलाई विश्वले चिनोस् भन्ने चाहाना छ’ « Khabarhub

‘नेपाली साहित्यलाई विश्वले चिनोस् भन्ने चाहाना छ’


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बृद्धिसागर लामिछाने निजामती सेवामा आफ्नो विशेष विज्ञताको कारण पनि विशिष्ट कार्य दक्षता राख्छन् । जो साहित्यिक क्षेत्रमा सागर बाबुको रूपमा परिचित छन्। उनको व्यक्तित्वको एउटा अर्को पृथक् पाटो अझ रोचक र प्रशंसनीय रहेको छ । उनी गीत सङ्गीतका सर्जक पनि हुन्। यीनै विविध विषयमा आधारित रहेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह-सचिव लामिछानेसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँले आफ्नो साहित्यिक नाम सागर बाबु किन राख्नुभयो ?
म सानो उमेरदेखि नै साहित्य क्षेत्रमा रुचि राख्थेँ। स्कुल पढ्दादेखि नै मैले केही न केही रचना लेख्ने गरेको थिए । विभिन्न नाममा रचना लेख्दै जाँदा मलाई सानोमा आमाबुबाले बोलाउने नामबाट उपनाम बनाएको हुँ। आमाले मलाई बाबु र बुबाले सागर भनेर बोलाउनुहुन्थ्यो। त्यसैलाई जोडेर मैले सागरबाबु लेख्न थालेको हुँ।

आज भोलिका दिनहरु कसरी बिताइरहनुभएको छ ?
म अहिले संस्कृति उड्डयन मन्त्रालयमा पनि काम गर्छु । विगत १० वर्षदेखि मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखामा कार्यरत छु ।

तपाईँलाई साहित्य क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
यो सिर्जनाको विषय हो । बच्चा बेलामा रामायण, मुनामदन जस्ता धेरै पुस्तक सुन्ने/पढ्ने भएको कारण मन साहित्यतर्फ गएको हो कि !

तपाईँ आफै गीत गाउनु हुन्छ ?
खासमा म गायक त होइन तर रुचि राख्छु । गीत गाउने प्रयास पनि गरेँ र यो बिचमा मेरो रचनाको नौ वटा गीतहरू रेकर्ड पनि भएका छन् । त्यस मध्य तिन वटा गीतमा आफैले स्वर दिने प्रयास गरेको छु । यो आफ्नो सन्तुष्टिको लागि मात्रै मैले गाएको हो ।

धेरै पक्षलाई सम्हाल्दा के कुराले तपाईँलाई आत्म सन्तुष्टि मिल्छ ? 
पहिलो आनन्द भनेको म लेखेर गुनगुनाउँछु। कहिलेकाहीँ हार्मोनियम बजाएर आफैभित्र डुब्न  खोज्दा पनि एक प्रकारको सन्तुष्टि मिल्छ । मैले विद्यालय तहको शिक्षा गाउँको स्कुलबाट प्राप्त गरेँ र कलेज पढ्न काठमाडौँ आएँ । त्यसपछि मैले विज्ञान विषय लिएर पढेँ । काम पनि प्राधिकरणमा नै आधारित भएर गरे। यो मन्त्रालय अन्तर्गत नागरिक उड्डयन महाशाखामा काम गरेको १० वर्ष भयो अहिलेसम्म कार्यरत छु । अध्ययनको क्रममा बाहिर गएर पनि विभिन्न सिर्जनामा आधारित रहेको छु ।

तपाईँको पुस्तक ‘जिन्दगीको रित’ लाई धेरैले मन पराए, के भन्नु हुन्छ ?
यो पुस्तक आउनुमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्य सचिव जगत् प्रसाद उपाध्यायको विशेष भूमिका छ । मेरो पहिलो प्रेरणाको स्रोत उहाँ बन्नु भयो । यसको विमोचन भने मेरो गाउँ स्याङ्जामा गरियो। त्यसको प्रतिक्रिया एक दम सकारात्मक आयो । अझ थप उत्प्रेरणा मिलेको छ ।

‘मेरो माया तिमिलाई’ भनेर रच्नुको कारण भन्दिनुस् न ! 
यो गीत लेखेको २०४५ सालमा हो जस्तो लाग्छ। त्यस बेलामा बीएसी पढ्थेँ। रुसी सांस्कृतिक केन्द्रमा क्यासेट विमोचन कार्यक्रम थियो । त्यहाँ यम बरालको क्यासेट आउँछ भनेको भएर गएको हो । त्यो कार्यक्रमबाट प्रभावित भएर मैले यो गीत लेखेको हो । यो स्रष्टाहरू प्रति समर्पित भएर लेखेको हो । नेपालमा बाल साहित्यको खडेरी परेको अवस्था रहेको छ । मेरो बिचारमा बाल गीत, बाल कविता, बाल सिनेमा, बाल नाटक जस्ता अन्य बालबालिकासँग सम्बन्धित रचनाको पनि विकास हुन जरुरी रहेको छ ।

तपाइँको अबको योजना तथा पुस्तकको बारेमा थप केही भन्न चाहनुहुन्छ ?
पुस्तकमा ६३ वटा गीत गजल छन्। गीत खण्डमा पनि अलि लामो गीतहरू रहेको छ । समय मिले अनुसार यो क्षेत्रमा लागि रहन्छु । अर्को रचना निकाल्ने प्रयासमा छु । नेपाली साहित्यलाई विश्व साहित्यको रूपमा पुर्‍याउने मेरो लक्ष्य हो । (प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १ : २१ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको