गाउँपालिकाद्वारा उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान  « Khabarhub

गाउँपालिकाद्वारा उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान 


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ पदमार्गमा भेडीगोठ भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ ।

 मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भेडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ । ‘हामी भेडीगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्न चाहन्छौँ दोर्दी  गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने ।

उनले गाउँपालिकाले ४ दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । गाउँपालिका अन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ रहेको र मानवबस्ती साथै सडक सञ्जालभन्दा टाढा रहेकाले यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुने बताए ।

अधिकारीका अनुसार दोर्दी गाउँपालिका ४ को नौथरसेराबाट सुरु भएर इलमपोखरी, लिपेलेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदयात्रा गर्न सकिन्छ । 

यस्तै, नौथर सेराबाट इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा ८ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमेपोखरी, कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीसहरसम्मको ११ दिनको पदयात्रा पनि गर्न सकिन्छ ।

अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालीगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढी साथै हिमश्रृंगखलालगायतको दृश्यावलोकन गर्न सकिन्छ । ती क्षेत्रमा हालसम्म पदमार्गको पहिचान, पोखरीको पुनःसंरचनाका साथै प्रचारप्रसार तथा भेडीगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको अधिकारीको भनाइ छ । 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १२ : १७ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको