भारतीय विदेशमन्त्री जयशंकर र क्यानाडेली समकक्षी जोलीबीच भेटवार्ता « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर र क्यानाडेली समकक्षी जोलीबीच भेटवार्ता


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर र क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीसँग भेटवार्ता गरेका छन् । जी–२० को बैठकमा सहभागी हुन भारतमा रहेकी जोलीले जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा समसामयिक विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भेटवार्तापछि जयशंकरले ट्विट गर्दै भनेका छन्, ‘क्यानाडाकी विदेशमन्त्री जोलीसँग धेरै विषयमा छलफल भयो । जी २० का एजेन्डा र विश्वव्यापी घटनाक्रमबारे छलफल गर्‍यौँ । व्यापार, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय मुद्दामा पनि छलफल भयो ।’

यसअघि दिल्लीमा आयोजित एक कार्यक्रममा जोलीले रुस–युक्रेन युद्धको विषय उठाउँदै रुसलाई अलग्याउनुपर्नेमा जोड दिएकी थिइन् । उनले रुसलाई कुनै किसिमको सहयोग नगर्न चीनलाई समेत चेतावनी दिएकी थिइन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ६ : ०६ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर