‘भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजकाे आवश्यकता’ « Khabarhub

‘भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजकाे आवश्यकता’


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उनले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताएका हुन् । सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औँल्याउँदै उनले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताए। उनले शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउँदै सुसंस्कृत, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने भनाइ राखे । ‘हामी सबैसँग मित्रता चाहन्छौँ, हाम्रो भूमिलाई पनि कसैले समस्यामा नपारिदिउन् भन्ने चाहन्छौँ, म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ”, उनले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले अबको शिक्षा विश्वमा प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीहरूको चाहना भविष्यमा डाक्टर तथा इञ्जिनियरका साथै असल शिक्षक समेत बन्छु भन्ने हुनुपर्ने बताए । 

कार्यक्रममा विद्यालयका अध्यक्ष श्यामसुन्दर बस्नेत, प्रिन्सिपल तेजकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक पुरुषोत्तम बुढाथोकीले विद्यालयले संस्कारयुक्त शिक्षालाई जोड दिएको बताए। त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ६ : ५६ बजे

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन