माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने « Khabarhub

माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

आज शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए । बैठकपछि माओवादी संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीसँग छलफल पनि गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : ५५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय