राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेका हौँ : माधव नेपाल « Khabarhub

राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेका हौँ : माधव नेपाल


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि आफूले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको बताए ।

पार्टीको दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटीको पूर्ण बैठकको आज उद्घाटन गर्दै उनले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवा आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा रहेकाले सो पदको प्रस्तावलाई त्याग गरेको बताए । आठ दलीय गठबन्धनबाट अब निर्वाचित हुने राष्ट्रपतिले आफ्नो काम, अधिकार र कर्तव्यलाई बुझेर पदको गरिमा उच्च राख्नुपर्ने उनको भनाइ थियो ।

एकीकृत समाजवादीले अवलम्वन गरेका आदर्शले राष्ट्रिय राजनीतिमा पार्टीको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले पार्टीलाई कसैले पनि कमजोर नठान्न चुनौती दिए । केही समय अगाडि एकीकृत समाजवादीलाई पार्टी नै नमन्ने नेता राष्ट्रपति निर्वाचनमा पछिल्लो पटक विकास भएका घटनाक्रमबाट अतालिएर सहयोग माग्न आएको उनले स्मरण गरे ।

विद्यमान छुवाछूत, विभेदलगायत सामाजिक विकृति न्यूनीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष नेपालले दलित समुदायका अधिकार स्थापित गर्न उनीहरू एकताबद्ध हुनुपर्ने बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : ५२ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै