रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ | Khabarhub Khabarhub

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । 

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्चमा दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने रिट निवेदकले माग गरेका छन् ।

रास्वपा सभापति समेत रहेका लामिछानेले सोमबार मात्रै चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनले चितवनमा उम्मेदवारी दर्ता गराएसँगै यता सर्वोच्चमा पनि उनीविरुद्ध राहदानी दुरुपयोग मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ५२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु