रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ « Khabarhub

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । 

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्चमा दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने रिट निवेदकले माग गरेका छन् ।

रास्वपा सभापति समेत रहेका लामिछानेले सोमबार मात्रै चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनले चितवनमा उम्मेदवारी दर्ता गराएसँगै यता सर्वोच्चमा पनि उनीविरुद्ध राहदानी दुरुपयोग मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ५२ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन