बेसार सेवनका फाइदा « Khabarhub

बेसार सेवनका फाइदा

अनुहारमा चमकदेखि हाडजोर्नीको उपचारसम्म


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तरकारीको वा मसलाको रानी भनेर हामीले बेसारलाई चिन्ने गरेका छौँ। यो एकदमै राम्रो जडीबुटी हो। बेसारका अचुक फाइदा धेरै छन् । बेसारमा एन्टीअक्सीडेन्ट, एन्टीभाइरल, एन्टीबायोटिक, एन्टीफङ्गल र एन्टीफ्लामेट्री जस्ता गुण हुन्छन्। जसले गर्दा घाउ चोटपटक लाग्दा निको हुन मद्दत गर्छ। बेसारले शरीर बाहिरका रोगदेखि लिएर शरीर भित्रका रोगको पनि निदान गर्ने चिकित्सकले बताएका छन्। एक कप तातो दूधसँग एक चम्चा दूध मिलाएर पिउनाले शरीरको दुखाइबाट छुटकारा मिल्दछ। साथै ज्वरोबाट पनि छुटकारा पाउन सकिन्छ। बेसारलाई दुखाई कम गर्ने औषधिका रूपमा पनि चिनिन्छ। यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रूपमा निदान गर्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ। विभिन्न संक्रमणबाट बच्न सकिन्छ।

बेसारका फाइदा
बेसार सेवनका केही फाइदामा माथि उल्लेख गरिएको छ। यसका फाइदालाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ :

ग्यास्ट्रिक वा पेट सम्बन्धित पीडाबाट लाभ
लामो समयदेखि ग्यास्ट्रिकको समस्या भएकालाई बेसारको नियमित सेवनले पूर्ण फाइदा पुर्याउँछ। साथै पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा पनि बेसारले धेरै फाइदा पुर्याउँछ। अनिद्राको समस्यामा भएमा पनि बेसार र दूध पिउनु निकै लाभदायक हुन्छ।

टनसिल वा घाँटीको समस्या समाधान
टनसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठिक हुँदै जान्छ। साथै थोरै बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा मुख, घाँटीमा घाउ आएको समस्या पनि निको हुँदै जान्छ।

हाड जोर्नीको दुखाइमा लाभ
घ्यू कुमारीमा बेसार मिसाउने र थोरै तताएर हाड जोर्नीको दुखाइ भएको ठाउँमा बाँधिदिएमा छिटै दुख्न कम हुन्छ। यसले गर्दा चोट पनि ठिक हुन्छ। मांसपेशीमा हुने पीडालाई पनि बेसार पानीको सेवनले केही हदसम्म कम गर्छ।

अनुहारमा चमक
मेथीको धूलो, चामलको पिठो वा मकैको पिठोमा बेसार र पानी राखेर बिहान र बेलुका अनुहारमा लगाउने गरेमा डन्डिफोर, चायाँ, दाग विस्तारै ठिक हुँदै जान्छ र अनुहार सुख्खा नभई चम्किलो हुन्छ।

दाँतमा लाभ
दैनिक सुत्ने बेलामा दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेपछि थोरै तेलमा नुन बेसार मिलाएर हातको औलाले थोरै थोरै गरेर लगाउनाले दाँत सेतो र गिजादेखि नै वा दाँत जरैदेखि बलियो हुन्छ।

रुघा खोकी लागेमा वा सर्दी भएमा
ज्वानो र बेसारलाई मिलाएर दिनको एकदेखि दुई पटक एक गिलास पानीमा पकाएर खाएमा यसले रुघा निको गराएर हामीलाई चाँडै आराम दिन्छ। दूधमा थोरै बेसार हालेर उमाल्ने र दिनको दुई पल्ट खाएमा खोकी लाग्ने समस्या ठिक हुन्छ। बेसारको टुक्रालाई पोलेर राति सुत्ने बेला चुस्ने वा चपाउने गरेमा पनि खोकी ठिक हुन्छ।

मधुमेह, रक्तचाप, मुटु र मिर्गौलासम्बन्धी रोगमा अधिक लाभ
मधुमेहमा बिहान र बेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग मिसाएर खाँदा फाइदा पुर्याउँछ। रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ। मिर्गौलासम्बन्धी हरेक रोगमा पनि बेसारको सेवन फाइदाजनक मानिएको छ।

महिनावारीका बेला हुने पेटको दुखाइबाट छुटकारा
धेरै महिलालाई महिनावारीको बेला धेरै पेट दुख्ने वाकवाक हुने समस्या देखापर्छ। त्यसबाट छुटकारा पाउने सबै भन्दा महत्त्वपूर्ण औषधिका रूपमा बेसारलाई लिन सकिन्छ। साथै दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ। हाम्रो शरीर पनि स्वस्थ रहन्छ।

कस्तो व्यक्तिले बेसार र दूधको सेवन गर्नु हुँदैन ?
कुनै पनि महिलाले आफूलाई मासिक स्राव भएको बेला वा गर्भवती भएको अवस्थामा बेसार र दूध सेवन गर्नु हुँदैन। यसले समस्या थप बढ्न सक्छ। रक्तस्राव झन् हुने डर हुन्छ। बेसार मिसाएको दूध पिउँदा कलेजोमा समस्या भएका मानिसको कलेजोमा बढी दबाब पर्छ। जसले गर्दा समस्या झन् बढ्न सक्छ। शल्यक्रिया/अप्रेसन गरेका व्यक्तिले पनि दूध र बेसारको सेवन गर्नु हुँदैन। यसले बिरामीमा थप रक्तस्राव हुने सम्भावना रहन्छ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ०१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख