ब्राजिलियन गोल्डेन युगका नायक | Khabarhub Khabarhub

ब्राजिलियन गोल्डेन युगका नायक


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दुई दशक ब्राजिल फुटबलले असफलता भोगेको थियो। सन् १९७० मा पेलेको युगपछि ब्राजिलको असफलताको कथा सुरु भएको थियो। ब्राजिलको त्यो असफलताको कथाको शृङ्खला लामै थियो। सन् १९७४ मा पनि ब्राजिल टोली कमजोर थिएन, तर उपाधि यात्रामा असफल नै रह्यो।

विश्व फुटबलमा विवादास्पद सन् १९७८ को विश्वकप पनि ब्राजिलका लागि अत्यन्त दुखद बनेको थियो। त्यसै विश्वकपमा ब्राजिलले भोगेको असफलतासँगै विश्व फुटबलमा नयाँ आयाम थपिएको हो। लिग चरणका अन्तिम दुई खेल एउटै समयमा खेलिने प्रावधानको सुरुवात त्यसै विश्वकपबाट सुरु भएको थियो।

विश्वकप फुटबलमा भोगेको यो असफलता त्यत्तिमा सीमित थिएन। ब्राजिलको टोली संसारको उत्कृष्ट टोलीको रूपमा परिचित भए पनि सन् १९८० का दुई वटै विश्वकपमा असफल भएको थियो। कहिले पावलो रोसीमा चलेको जादुका कारण निरीह हुनु त कहिले मिचेल प्लाटीनीको सानदार लय र ब्राजिलको दुर्भाग्य एकै पटक देखिएपछि उत्कृष्ट टोलीको असफल यात्रामा अर्को एक अध्यायको रूपमा ब्राजिल टोली थियो। कमजोर आँकिएको अर्जेन्टिनासँग दोस्रो चरणको अप्रत्याशित हारको पीडा सन् १९९० को दशकको पहिलो विश्वकपमै ब्राजिलले भोगेको थियो।
हो त्यही समयमा ब्राजिलले लगातार तीन विश्वकपमा फाइनलको यात्रा तय गरेको थियो। ती तीन वटै विश्वकप टोलीमा समावेश एउटै खेलाडी रोनाल्डो। त्यस उत्कृष्ट युगका उत्कृष्ट स्टार थिए रोमारियो र रोनाल्डीन्हो पनि।

सन् १९९४ को विश्वकपका लागि ब्राजिलियन टोली छनोट हुने कुरामा नै शङ्कामा थियो। यसै बीचमा रोमारियो धेरै कुरामा विवादमा परेका थिए। छनोटको अन्तिम खेल उरुग्वेसँग थियो। त्यसै खेलमा रोमारियोले दुई गोल गरेपछि ब्राजिल विश्वकपमा छनोट भएको थियो।

ब्राजिल सन् १९९४ को विश्वकपमा पनि ग्रुप अफ डेथमा थियो। पहिलो चरणमा स्विडेन, क्यामरुन र रुसजस्ता बलिया टोलीको सामना गर्नु परेपछि ब्राजिलको प्रदर्शन धेरैका लागि प्रतीक्षाको विषय बनेको थियो। नितान्त फरक शैलीको ब्राजिलियन टोली थियो। बलमा धेरै नियन्त्रण राख्न एकाध मुभ बनाउने तथा उत्कृष्ट विपक्षीलाई रोक्नै कठिन हुने। त्यसै ब्राजिलको पहिलो खेलबाट नै रोमारियोको जादु चल्न थालेको थियो। साथमा बेबेटोको साथ पनि कम्तीको थिएन।

सो विश्वकपका केही रोचक विषय पनि थिए। धेरै अर्थमा विश्वकप सम्झन लायक पनि। इटालियन सिरिए संसारकै उत्कृष्ट रक्षापक्ति भएको लिग मानिन्थ्यो। एउटा यस्तो समय थियो। सिरिएको एक गोलको मूल्य अन्य लिगका धेरै गोलसँग हुने गरेको थियो। साँचो रूपमा भन्नु पर्दा ९० को दशकको सिरिएको खेल रक्षक प्रधान लिग थियो। सिरिएका शीर्ष गोलकर्ता भएर विश्वकप खेल्न आएका लाजियोका गुइसेप सिग्नोरी नायक हुने अनुमान गरिएको थियो। त्यसो त नकआउट चरण सुरु नभएसम्म रोबर्टो बाजियो पनि त्यत्तिकै फ्लप थिए। हाजीको सनसनीपूर्ण प्रदर्शन। उपाधिको दाबेदार कोलम्बियाको पहिलो चरणबाटै बहिर्गमन लगायत विषय चर्चामा थिए।

ब्राजिलले भने पहिलो चरणमा रुसलाई २–० ले हराएको थियो। दोस्रो चरणमा क्यामरुनलाई ३–० ले हराएको ब्राजिल तेस्रो खेलमा स्विडेनसँग १–१ गोलको बराबरी गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। स्विडेनका थोमस ब्रोलीन त्यस विश्वकपमा स्टार हुने अनुमान गरिएको थियो। तर, संयोग ब्रोलिन असफल भएको त्यस विश्वकपमा मार्टिन डहलीन उत्कृष्ट प्रदर्शन गर्दै स्विडेनलाई लामो यात्रा तय गराउन सफल भएका थिए।

ब्राजिलले दोस्रो चरणमा अमेरिकालाई १–० ले तथा क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई ३–२ ले हराएको थियो। सो खेल इतिहासकै रोमाञ्चक मध्ये एक खेलको रूपमा अझै रहेको छ।

सेमिफाइनलमा स्विडेनलाई १–० ले हराएको ब्राजिललाई फाइनलमा भने इटालीले निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा रोकेको थियो। पावलो माल्डीनीको सेरोफेरोमा रहेको इटालियन रक्षापक्ति कै कारण खेल टाई ब्रेकरमा पुगेको थियो।

टाई ब्रेकरमा ब्राजिलले जित हात पारेको थियो। त्यस टोलीमा रहेका १७ वर्षीय रोनाल्डोले मैदानमा उत्रने अवसर भने पाएनन्। तीनै रोनाल्डो चर्चामा रहेको सन् १९९८ को फ्रान्स विश्वकपमा ब्राजिल फेरि फाइनलमा प्रवेश गर्न सफल भयो। फाइनलमा फ्रान्ससँग ३–० ले हारेको ब्राजिलको फाइनलसम्मको यात्रामा रोनाल्डोको भूमिका महत्पूर्ण रहेको थियो। त्यो विश्वकपपछि नै रोनाल्डोको जीवनमा धेरै आरोह र अवरोह आएका थिए।

रोनाल्डोको आरोह र अवरोहको बीचमा रिभाल्डो र रोनाल्डिन्होको पनि उदय भएको थियो।
सन् २००२ को विश्वकप छनोटमा ब्राजिलको सुरुवात खराब थियो। अन्तिम केही खेल बाँकी रहँदासम्म छनोट नै नहुने सम्भावना देखिएको थियो। ब्राजिल सङ्कटमा परेको समयमा रोनाल्डो भने घाइते थिए। एकै पटक रिभाल्डो र रोनाल्डीन्होको उदय भएको हो।

यी तीनको संयोजनपछि ब्राजिलको आक्रमणको धार कसैले पनि रोक्न नसक्ने भएको थियो। पहिलो खेलमा मुस्किलले टर्कीलाई हराएको ब्राजिलले दोस्रो खेलमा चीनको विरुद्धमा चार तथा तेस्रो खेलमा कोस्टारिकाविरुद्ध पाँच गोल गरेको थियो। दोस्रो चरणमा बेल्जियमलाई २–० ले हराएको ब्राजिलले क्वार्टरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले पराजित गरेको थियो। सो क्वार्टरफाइनलमा रोनाल्डीन्होको प्रदर्शन आकर्षक मात्र होइन विश्वकपका उत्कृष्ट प्रदर्शन मध्ये रहेको छ।

सेमिफाइनलमा रोनाल्डोको गोल र फाइनलमा जर्मनीमाथिको २–० को जितपछि रोनाल्डोको विश्व फुटबलमा थपिएको उचाइ त अर्कै थियो। त्यसै ब्राजिल सन् २००६ मा अझ बलियो रूपमा भए पनि फ्रान्ससँग क्वार्टरफाइनलमा १–० ले पराजित हुँदै बाहिरियो। एउटा स्वर्णिम पुस्ताको अन्त्य भयो। यसका बाबजुद रोमारियो, रोनाल्डीन्हो र रोनाल्डोको त्यो आक्रमण विश्व फुटबलमा धेरैले सम्झने गरेका छन्।

सन् १९९१ मा फिफा वर्ष खेलाडीको अवार्ड वितरण सुरु भएको थियो। सो अवार्ड सन् १९९३ मा बाजियोले पाउँदा उनका प्रतिद्वन्द्वी थिए रोमारियो। त्यसयता सन् २००७ सम्म फिफा वर्ष खेलाडीको अवार्डमा समेत ब्राजिलियन उपस्थिति बलियो थियो।

सन् १९९४ मा रोमारियो, १९९६ मा र १९९७ मा रोनाल्डो तथा १९९९ मा रिभाल्डोले अवार्ड पाएका थिए। २००२ मा रोनाल्डो, २००४ र २००४ मा रोनाल्डोले सो अवार्ड पाए भने २००७ मा काकाले अवार्ड पाए।

ब्राजिलको यो गौरवशाली विगत फेरि फर्कने या नफर्कने निश्चित छैन। फिफा वर्ष खेलाडीको अवार्ड पाएका हरेक खेलाडीले कम्तीमा एक पटक विश्वकप पनि जितेका छन्। तथापि ब्राजिलको यो असफलताको शृङ्खला कहिले सम्म भने प्रश्न भने ज्युको त्युँ रहेको छ।
तथापि त्यो गोल्डेन युगका एकसे एक स्टारको समर्थक भने लामो समयसम्म रहने छन्। सन् १९९४ देखि २००२को तीन पटक लगातार फाइनल प्रवेशको कीर्तिमान त सायदै भङ्ग हुने छ। स्रोत : फिफा, स्पोर्टस स्टार

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ११ बजे

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु

इलाम-२ उपनिर्वाचनको मतगणना गणना सुरु

इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका