अमेरिकी सभामुखले बुधबार ताइवानी राष्ट्रपतिलाई भेट्ने « Khabarhub

अमेरिकी सभामुखले बुधबार ताइवानी राष्ट्रपतिलाई भेट्ने


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन् ।

मध्य अमेरिकी देशहरु ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी राष्ट्रपतिले सभामुख म्याकार्थीसँग रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ ।

गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहेकी ताइवानी राष्ट्रपतिले हडसन इन्स्टिच्युटलाई सम्बोधन गरेकी थिइन् ।

ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चीनले चेतावनी दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने चीनले बताउँदै आएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उनले सभामुखलाई भेट्नु सामान्य रहेको भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका थिए ।

गत वर्ष पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।

सभामुख म्याकार्थीले वासिङ्टन डिसीबाट टाढा लस एञ्जलसमा ताइवानी नेतालाई भेट्न गरेको निर्णयलाई ताइवानको समर्थनलाई जोड दिएको र चीनसँगको तनाव भड्काउनबाट बच्न गरिएको विश्लेषण गरिएको छ ।

वाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताएकी थिइन् । उनले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताएकी थिइन् ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ ।

विश्लेषकहरूका अनुसार साईले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि चीनले ताइवानमाथि सैन्य, आर्थिक एवम् कूटनीतिक दबाब बढाएको छ । यसैसाता होन्डुरसरलाई आफ्नो पक्षमा ल्याएझै ताइवानका समर्थकलाई पनि चीनले आफ्नो पक्षमा पारेको छ ।

सन् १९७९ मा अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपनि ताइवानको अन्तर्राष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा अमेरिका उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि रहेको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।

“विश्वमा एउटा मात्र चीन छ । ताइवान चीनको अविभाज्य भाग हो । हामी अमेरिकी पक्ष र ताइवानका अधिकारीहरूबीच हुने कुनै पनि औपचारिक भेटवार्ता र सम्पर्कको विरोध गर्दछौँ, यस्ता भटवार्ता र बैठकले अमेरिका र चीनबीचको सम्बन्धमा दीर्घकालीन असर पर्नेछ,” साईको निर्धारित बैठकलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

राष्ट्रपति साईका प्रवक्ता जेभियर चाङले भनेका छन् “विश्वका प्रजातान्त्रिक मुलुकसँग विचारविमर्श एवम् भेटवार्ता गर्नु ताइवानको अधिकार हो । यसमा चीनले हस्तक्षेप गर्नुको कुनै अर्थ छैन ।”

गत महिना होन्डुरसले सम्बन्ध तोडेछि ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १३ मा झरेको छ । सोमबार बेलिजको भ्रमणका क्रममा ताइवानी राष्ट्रपतिले आफ्नो पक्षमा निरन्तर सहयोग गरेकामा मध्य अमेरिकी देशप्रति आभार व्यक्त गरेकी थिइन् । साथै उनले चीनको उच्चारण नगरी तानाशाही शासनबाट आएको विस्तारवादी धम्कीको निन्दा पनि गरेकी थिइन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : १५ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको