इन्डो नेपाल कपको उपाधि डिसिएलाई « Khabarhub

इन्डो नेपाल कपको उपाधि डिसिएलाई


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी- इन्डो नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न सिरिजका ४ वटै खेल आफ्नो पक्षमा पार्दै डिसिए च्याम्पियन बनेको हो ।

डिसिएले भारतको उत्तरप्रदेशस्थित सजाहनपुर क्रिकेट क्लब र बरेली क्रिकेट क्लबलाई निम्त्याउँदै उक्त प्रतियोगिता आयोजना गरेको हो । जसमा पाहुना दुई टोली र आयोजक दुई टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भएका चारवटै खेलहरू डिसिएले आफ्नो पक्षमा पारेको छ ।

चैत्र १९ गतेको भएको उद्घाटन खेलमा डिसिएले सजाहनपुर क्रिकेट क्लबलाई,  दोस्रो खेलमा बरेली क्रिकेट क्लबलाई र २० गते भएका दुवै खेलमा डिसिए विजयी भएको थियो । यस्तै मंगलबार भने भारतका दुवै टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले यस खाले प्रतियोगिताले नेपाल र भारतबीचको सम्बन्ध सुधार्न अझैँ सहयोग पुग्ने बताए ।

यस्तै आयोजक धनगढी क्रिकेट एकेडेमीका प्रबन्धक समुयल न्यौपानेले ग्रासरुट लेभलबाटै क्रिकेट खेलको विकास र डिसिएका खेलाडीहरूको प्रतिभा तिखार्न इन्डो नेपाल कप महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा डिसिएको टोलीले भारत भ्रमण गर्ने समेत जनाए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ३६ बजे

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि