क्रिकेट

इन्डो नेपाल कपको उपाधि डिसिएलाई

By खबरहब

April 04, 2023

धनगढी- इन्डो नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न सिरिजका ४ वटै खेल आफ्नो पक्षमा पार्दै डिसिए च्याम्पियन बनेको हो ।

डिसिएले भारतको उत्तरप्रदेशस्थित सजाहनपुर क्रिकेट क्लब र बरेली क्रिकेट क्लबलाई निम्त्याउँदै उक्त प्रतियोगिता आयोजना गरेको हो । जसमा पाहुना दुई टोली र आयोजक दुई टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भएका चारवटै खेलहरू डिसिएले आफ्नो पक्षमा पारेको छ ।

चैत्र १९ गतेको भएको उद्घाटन खेलमा डिसिएले सजाहनपुर क्रिकेट क्लबलाई,  दोस्रो खेलमा बरेली क्रिकेट क्लबलाई र २० गते भएका दुवै खेलमा डिसिए विजयी भएको थियो । यस्तै मंगलबार भने भारतका दुवै टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले यस खाले प्रतियोगिताले नेपाल र भारतबीचको सम्बन्ध सुधार्न अझैँ सहयोग पुग्ने बताए ।

यस्तै आयोजक धनगढी क्रिकेट एकेडेमीका प्रबन्धक समुयल न्यौपानेले ग्रासरुट लेभलबाटै क्रिकेट खेलको विकास र डिसिएका खेलाडीहरूको प्रतिभा तिखार्न इन्डो नेपाल कप महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा डिसिएको टोलीले भारत भ्रमण गर्ने समेत जनाए ।