भारतको जम्मु कश्मीरमा निर्मित विश्वकै सबैभन्दा अग्लो रेलवे पुल सञ्चालनमा आउने | Khabarhub Khabarhub

भारतको जम्मु कश्मीरमा निर्मित विश्वकै सबैभन्दा अग्लो रेलवे पुल सञ्चालनमा आउने


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा विश्वकै सबैभन्दा अग्लो स्थानको रेलवे पुल सञ्चालनमा आउने भएको छ । जम्मु कश्मीरको रेयासी जिल्लामा निर्मित यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मु कश्मीर भएर बग्ने चेनब नदिमा यो पुल निर्माण गरिएको हो । यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा ३५ मिटर अग्लो रहेको जनाइएको छ ।

२५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : २९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’