पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट « Khabarhub

पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ ।

ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ । खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाउने नेपाल न्यूट्रिसन इनिसियटिभका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए ।

उनका अनुसार अनुसार टि–२० ढाँचामा खेलाइने प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नक–आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । यसअघि लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र पाँच प्रदेशको सहभागितामा काठमाडौँमा दोस्रो संस्करणको प्रतियोगिता सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक÷एक जनालाई नगद रु सात÷सात हजार र इमर्जिङ प्लेयरलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले भने , “ग्रासरुट क्रिकेटको महत्त्व बुझेर नै खेलाडीलाई प्लेटफर्म प्रदान गर्न प्रतियोगिता हुन लागेको हो । सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण निर्माण गर्नुपर्दछ ।”

नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य ऋषिराम गौतम र कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेट खेल विकासका लागि प्रतियोगिता आयोजना गरिएकाले सम्पूर्ण पोखरेलीले यसलाई सफल बनाउनुपर्नेमा जोड दिए । प्रतियोगिता यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ३६ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको