महाकाली लोकमार्गको अवरोध हट्यो | Khabarhub Khabarhub

महाकाली लोकमार्गको अवरोध हट्यो


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ । यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन ।

उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा वर्षौँदेखि लोकमार्ग निमार्ण अघि बढ्न सकेको थिएन । महाकाली लोकमार्ग दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले मन्त्रिपरिषद्को निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश प्राप्त भएपछि सडक निमार्णको बाटो खुलेको बताए ।

“वन विकास कोषमा रु २० करोड जम्मा गर्न नसक्दा समस्या भएको थियो, रकम कोषमा पछि जम्मा गर्ने निर्णय भएपछि रुख कटानको आदेश पाइएको छ”, उनले भने । आदेशपछि सडक निमार्णको कामले तीव्रता पाउने जोशीको भनाइ छ ।

सडक निर्माणका लागि ठकेदारसित सम्झौतासमेत भइसकेको अवस्था छ । महाकाली लोकमार्गको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किलोमिटर ट्रयाक खोल्न दिवा–सनिदेवसँग काम २०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरी रू पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो । लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : ३८ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै