झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध | Khabarhub Khabarhub

झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा छ लाख ३३ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो ।

स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बीमा गराएकामध्ये तीन लाख २६ हजार सात सय ४३ महिला र तीन लाख छ हजार सात सय ३६ पुरुष छन् । स्वास्थ्य बीमामार्फत सेवा पु¥याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उनले बताए ।

जिल्लामा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गरी १२ प्रथम विन्दु तोकिएका छन् । बीमित व्यक्तिले बीमामार्फत उपचार सेवा प्रथम विन्दुबाट थालनी गर्नुपर्ने व्यवस्था छ । अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने भए प्रथम विन्दु तोकिएको अस्पतालबाट सिफारिस पत्र बनाउनुपर्छ ।

प्रादेशिक अस्पताल भद्रपुर, दमक अस्पताल र बुद्धशान्ति अस्पताल गरी तीन वटा अस्पताल प्रथम विन्दु तोकिएका छन् भने शिवगञ्ज, शनिश्चरे, धुलाबारी, बनियानी र गौरीगञ्ज गरी पाँच प्राथमिक सेवा केन्द्रले पनि प्रथम विन्दुकै रूपमा उपचार सेवा प्रदान गरिरहेका छन् ।

कमल, कनकाई, बिर्तामोड र हल्दिबारी गरी चार नगर अस्पतालले प्रथम विन्दु उपचार केन्द्रका रूपमा बीमामार्फत सेवा दिइरहेका छन् । बीमा बोर्डका अनुसार बीएन्डसी अस्पताल, लाइफलाइन अस्पताल र एडभान्स अस्पताल गरी तीन वटा निजी क्षेत्रको ठूला अस्पताल हालै स्वास्थ्य बीमाबाट बाहिरिएका छन् ।

निजी क्षेत्रकै ओमसाई पाथिभरा अस्पताल, कनकाई अस्पताल, मेची नेत्रालय, दृष्टि आँखा उपचार केन्द्र, बिर्तामोड आँखा अस्पताल जस्ता ठूला अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा प्रदान गरिरहेका छन् । झापामा १५ पालिका र नौ लाख ९४ हजार ९० जनसङ्ख्या रहेको छ । एक तिहाई जनसङ्ख्या समेटिसकेको स्वास्थ्य बीमा सर्वसाधारणमाझ लोकप्रिय बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : ५२ बजे

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन