तीन वर्षीय तायबुल्ला चुपचाप र गतिहीन छन्। उनकी आमाले अक्सिजन पाइप निकालेर नाक मुनी त्यो राखिदिन्छिन्। नाकबाट श्वास आउँछ कि आउँदैन भनेर उनले परीक्षण गरिरहेकी छिन्। अफगानिस्तानको काबुलमा रहेको त्यो एउटा भेन्टिलेटर मात्र होइन। आमाले छोराको नाक नजिक अक्सिजन राख्छिन्। बच्चाको मुखलाई ठिक्क हुनेगरी अक्सिजन मास्क फेला नपारेको कारण आफैले अक्सिजन टुल समातेर बसेकी छन्।
कुपोषणका कारण हरेक दिन अफगानिस्तानमा १६७ जना कुपोषणका कारण ज्यान गुमाउन बाध्य हुन्छन्। संयुक्त राष्ट्र सङ्घ युनिसेफद्वारा सही उपचार भए ती सबै उपचारका लागि सम्भव थिए। अफगानिस्तानको यो तथ्यांक डर लाग्दो हो।
यो अत्यास लाग्दो तथ्यांक हो। तर, यो गर्नै पर्छ। जब गोरको पश्चिमी प्रान्तको अस्पतालमा प्रवेश गरिन्छ, यो तथ्यांक धेरै कम लाग्न सक्छ। धेरै कोठाहरू बिरामी बच्चाले भरिएका छन्। कतिपयमा एउटै शैय्यामा दुई जना बिरामी छन्। धेरैको शरीरमा निमोनिया छ। ६० बच्चालाई दुई नर्सका दरले सम्हाली रहेका छन्। एक कोठामा दुई दर्जन बच्चा सिरियस अवस्थामा भेटिन्छन्।
बच्चालाई त्यो अवस्थामा गम्भीरतापूर्वक निगरानी गर्नुपर्ने हो। तर, त्यो अस्पतालमा त्यसको सम्भावना छैन। १० लाख जनसंख्याको बसोबास रहेको घोरमा रहेको त्यसै अस्पताल सबैभन्दा धेरै सामुदायिक सेवा दिन सक्ने अस्पताल हो।
अफगानिस्तानमा सामुदायिक अस्पतालको स्वास्थ्य सेवा पटक्कै चित्त बुझ्दो छैन। साथै विदेशी मुद्रा २०२१ को अगस्टमा नै फ्रिज भइसकेको छ। तालीवानले सत्ता लिएपछि भएको धेरै हमला र यस खालका घटना भएपछि धेरै अस्पतालको शैय्या यसरी छटपटाएका छन्।
तालीवानले भर्खरै महिलालाई एनजिओमा काम गर्न प्रतिबन्ध लगाएको छ। यसले बच्चाको स्वास्थ्य र हेरचाहलाई झनै जटिल बनाएको छ। श्रोतहरूको अभावको कारण तायबुल्लालाई बचाउन धेरै प्रयास असमर्थ भएको छ।
डा. सहमद त्यहाँ सम्पूर्ण परीक्षणका लागि आइ पुगे। थकान र गति भएका चिकित्सक आफै त्यहाँ पुगेर तायबुल्लाको छातीमा स्टेग्रोफ राखे। छाती चलमलाई रहेको थियो। नर्स एडीमी सुल्तानीले मुटुमा पम्प गर्न थालिन्। उनले यसलाई तायबुल्लाको मुखमा राखिन्। डा. समादीले त्यस बच्चाको सानो छातीमा थिच्न थाले।
उनको हेरचाहकै लागि अस्पतालमा बसेका बच्चाका हजुरबुवा गासवादीनका अनुसार नाति कुपोषण र निमोनियाको सिकार भए। ‘चारदासको कच्ची सडकबाट यहाँसम्म ल्याउनका लागि करिब आठ घण्टा लागेको थियो’, गवासादीनले भने। यो परिवारको खानाको सुख्खा रोटी मात्र खाने गरेको छ। गाडी चढेर अस्पतालमा आउनका लागि चन्दा नै उठाएका थिए।
त्यस बच्चालाई बचाउका लागि आधा घण्टाका लागि प्रयास गरियो। त्यसपछि विस्तारै टाउकोको लुगा उठाएर त्यस बच्चा मरेको घोषणा गरिन्। छापेको त्यस अस्पतालसँग सम्बन्धित सबै कुरा झिकेर ब्लान्केटमा बच्चालाई पोको पारेर हस्तान्तरण गरिन्छ। तायबुल्ला बाच्न पर्ने अवस्थाका थियो। उनलाई लागेका हरेक रोग उपचारका लागि सक्षम थिए।
‘म पनि आमा हुँ। मैले बच्चा मरेको देखेँ। मैले आफ्नै बच्चा हराएको झैँ महसुस गरे। जब उसको आमा रोइ रहेको देखेँ मैले यसले मेरो मुटु छियाछिया भयो। यसले मेरो चेतनालाई नै छियाछिया पारेको छ’, लगातार २४ घण्टा काम गरेकी सुल्तानीले भनिन्।
‘हामीसँग प्रशस्त उपचार सामग्री तथा परिपक्व जनशक्तिको अभाव छ। त्यसमा पनि महिला कर्मचारी। हामीले सुरुमा हेर्नु पर्ने बिमारी नै हेर्दै जाँदा धेरै ढिला भइसकेको हुने रहेछ। यसरी मरेको बच्चाको बारे हामीले केही पनि गर्न सक्दैनौं’, उनले भनिन्।
त्यसको एक मिनेटपछि अर्को कोठामा अर्को बच्चा गम्भीर रोगको उपचार गरिरहेको थियो। ती बालिकाको मुखमा अक्सिजन मास्क थियो। उनी सास फेर्नका लागि सङ्घर्ष गरिरहेका थिए।
दुई वर्षीय गुलवादन मुटुका रोगी हुन्। यसलाई डक्र अर्टसियस भनिन्छ। ६ महिना अघि नै सो अस्पतालमा त्यस रोग पत्ता लागेको हो।
चिकित्सकहरूकै अनुसार उनको अवस्था असामान्य छ। साथै उपचार गर्न कठिन पनि छ। तर घरमै मुख्य अस्पतालमै उपचार पद्धतिमा आवश्यक पर्ने शल्यक्रियाका औजार छैनन्। गुल्दवानका हजुरआमा अफवाह गुलले विस्तारै मास्क तानेर अनुहार हेरिन्।
‘हामीले ऋण गरेर उनलाई काबुल लैजान खोजेका थियौं। तर त्यहाँ पनि शल्यक्रिया नहुने भएपछि हामी फिर्ता लैजाने तयारीमा छौं। आर्थिक समस्या समाधानका लागि उनीहरूले एनजिओमा सम्पर्क गरे। उनीहरूको विवरण दर्ता त गरियो। तर, अहिलेसम्म सम्पर्क भएको छैन।
गुलवादनका बाबुले निधारमा हात राखे। त्यसपछि आफ्नो छोरीलाई नियाली रहे। त्यस पछि ओठ लेब्राएर सबै कुरा नास भएको महसुस गरे। उनका अनुसार गुलवादीनले भर्खरै बोल्न सुरु गरेकी थिइन्। परिवारका सबैसँग तातातोते गर्ने गरेकी थिइन्। ‘म कुल्ली हुँ मसँग राम्रो आम्दानी नै छैन। यदि मसँग पैसा थियो भने उनी यस्तो अवस्थामा हुने नै थिइनन्। यस अवस्थामा हाम्रो एक कप चिया किन्ने पैसा पनि छैन।’ गुलवादनलाई कत्ति अक्सिजन चाहिन्छ भनेर सोधिएको पनि थियो। ‘हरेक मिनेटमा दुई लिटर। जब सिलिन्डर रित्तिन्छ हामी अर्को किन्न सक्दैनौ। त्यसपछि मर्नुको विकल्प नै छैन। त्यसको केही समयमै अक्सिजन सिलिन्डर रोकियो र उनले देह त्याग गरिन्।
राति मात्र पावर सप्लाई भएका कारण मनग्ये अक्सिजन उत्पादन गर्न त्यो अस्पताल असमर्थ छ। त्यहाँ राति मात्र उत्पादन हुन्छ। तसर्थ, कच्चा पदार्थको आवश्यकता पनि त्यत्तिकै हुन्छ।
केही घण्टाको अन्तरालमै उपचार गर्न सकिने दुई बच्चाले जीवन गुमाए। डा. समादी र उनको नेतृत्वमा रहेको चिकित्सकीय टोलीका लागि पनि यो एउटा दुखद घटना हो। ‘म एकदमै दुःखी छु। हामीले प्रत्येक दिन घुर एक या दुई माया लाग्दा बच्चा गुमाउने गरेका छौं।
अर्को शैय्यामा निमोनीय पीडित एक वर्षीय साजादले मुस्किलले श्वास लिइरहेका छन्। अर्को शैय्यामा इरफान छन्। उनको आमाले अक्सिजन मास्क समाइ रहेकी थिइन्। आमाकै अनुसार चार या पाँच दिन अगाडि नै अस्पताल ल्याउन आवश्यक थियो। यसका बाबजुद झीराहले हिउँले बाधा सिर्जना गरेका कारण ल्याउन सकिनन्।
अस्पतालमा यस्ता धेरै सामान्य अवस्था छन्। धेरै बिरामी सही अवस्थामा ल्याएको भए उपचार गर्न सम्भव थियो। तर, सही समयमा नल्याएका कारण उपचार हुन पाएन। सुलतानीका अनुसार १० दिन अघि ल्याइएका एक बच्चालाई दिनका लागि औषधि नै थिएन। सुइँ मात्र दिएर राखिएको थियो। अन्त्यमा उनका बाबुले मरे पनि घरमै मरोस् भन्दै अस्पतालबाट लैजाने निर्णय गरे।
२०२१ यता घुरको सामुदायिक स्वास्थ्यको अवस्था साँच्चै निराशाजनक छ। धेरै प्रान्तीय अस्पतालमा त एउटा भेन्टिलेटरसमेत छैन। अन्तर्राष्ट्रिय समुदायले तालीवान सरकारले कुनै सुविधा उपलब्ध नगराएका कारण यसले एउटा समस्या उत्पन्न गराएको छ। एड एजेन्सीले सहयोग नगरेको अवस्थामा एनजिओमा महिलालाई काम गर्न नदिन थप प्रतिबन्ध लगाएको छ। अहिलेको यो विकराल समस्याले त्यहाँका बच्चाहरूको भविष्य साँच्चै डरलाग्दो अवस्थामा पुगेको छ। स्रोत : बीबीसी
प्रतिक्रिया