प्रशासकीय अधिकृत नपठाएसम्म नेतालाई प्रवेश निषेध « Khabarhub

प्रशासकीय अधिकृत नपठाएसम्म नेतालाई प्रवेश निषेध


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

बारा – हालै उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनमा रहेका दल र सरकारका मन्त्रीलाई प्रवेश निषेध गरिएको छ ।

महागढीमाई नगरपालिका क्षेत्रभित्र कुनै पनि गठबन्धनका नेता तथा मन्त्रीलाई प्रवेश निषेध गरिएको प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन्।

नेपाली काग्रेसबाट निर्वाचित यादवले बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन्  ‘बारा जिल्ला क्षेत्र नं २ मा महागढीमाई नगरपालिका अन्तर्गत श्री गढी माई मन्दिरको प्राङ्गणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलीय गठबन्धनका नेतागण तथा मन्त्रीज्यूहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छु,’ लेखेका छन्।

‘नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो । अहिले पनि अत्तो पत्तो छैन । यसको कारणले नगरपालिकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारीलगायत स्थानीयबासीहरुको जीवन कष्टकर अवस्था छ । महागढीमाई नगरपालिकाको विकासको लागि गठबन्धनका नेता मन्त्रीज्यूहरु वाचा गरे पनि अहिलेसम्म हाकिम नपठाएर बिजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।’ उनले थपेका छन्, ‘स्थानीयबासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ, तीन महिना बितिसक्यो तर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाइ भएन त्यसकारण गठबन्धनका नेताहरुलाई प्रवेश निषेध गरिएको हो ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : २८ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो