भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।

मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : १२ बजे

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच