टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो, केही बेरमा अदालत लगिने « Khabarhub

टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो, केही बेरमा अदालत लगिने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।

छोरा सन्दीप पक्राउ परे लगत्तै उनका बुबा टोपबहादुरलाई पनि प्रहरीले काठमाडौं आउँदै गरेका अवस्थामा भैरहवाबाट नियन्त्रणमा लिएको छ । उनलाई पनि काठमाडौं ल्याइँदै छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भीआइपीहरु पक्राउ परिरहेका छन् ।

हिजो सचिव टेकनारायण पाण्डेले आत्मसमर्पण गरेका थिए, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ११ : ०१ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण